6 years ago
December 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
जितका साथ लिगको सुरुवात गरेका दुवै टोलीले दशरथ रंगशालामा गोलका केहि अवसर पारेर पनि खाता भने खोल्न सकेनन् । आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले र मनाङले एपिएफलाई २–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज नेपाल र भुटानको छात्रा यू १५ को मैत्रपूर्ण खेल रहेकाले लिगका दुवै खेल दशरथ रंगशालामा राखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लिगको दोस्रो चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र रुस्थान थ्री स्टार क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ । पुलिस र थ्री स्टार दुवैले बराबरीका साथ लिगको सुरुवात गरेका थिए । पुलिसले यति हिमालयन शेर्पा र थ्री स्टारले जावलाखेलसँग बराबरी खेलेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]