default_image

6 years ago

December 23, 2019

पुलिस र थ्री स्टार – पहिलो हाफ गोलरहित

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व विजेता दुई टोली रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलको पहिलो हाफको समाप्ती सम्म गोलको खाता खोल्न सकेका छैनन् ।

दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफको समाप्तीसम्म थ्री स्टार र पुलिसले गोलरहित बराबरी खेल छन् । पहिलो खेलमा पनि यी दुई टोलीले गोलरहित बरबरी खेलेका थिए । साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले लगातार दुई खेल जित्दा थ्री स्टार र पुलिसले भने पहिलो गोलका लागि तड्पिरहेका छन् ।

थ्री स्टारले प्रभु जावलाखेल तथा पुलिसले यति हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीले सोमबार गोलका लागि खासै गतिलो आक्रमण बुन्न सकेनन् । त्यसअघि दशरथ रंगशालामा भएको खेलमा मनाङले त्रिभुवन आर्मी क्लबमाथि १–० को जित हासिल गरेको थियो । ५ मिनेट इन्ज्युरी समयको दोस्रो मिनेटमा दयानन्द सिंहले गरेको गोलमा मनाङले जित हासिल गरेको थियो । दुई चरणको खेल सकिँदा मनाङ ६ अंकसहित शीर्षस्थानमा रहेको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.