default_image

6 years ago

December 23, 2019

रुस्लान थ्री स्टारको पहिलो जित,पुलिसको हार

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ । नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा सुशिल राईले गरेको गोल निर्णायक बन्दा थ्री स्टार विजयी भएको थियो । सुसान राईले मैदानको दायाँबाट गरेको क्रसमा सुशिले सिक्स यार्ड बक्स बाहिरबाट गोल गरेका हुन् । दोस्रो खेलमा आइपुग्दा थ्री स्टारको यो पहिलो गोल हो ।

पहिलो हाफमा दुवै टोलीले खासै आक्रमण बुन्न सकेका थिएनन् । ४६औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार गोलकिपरले पञ्च गरे । त्यसकै रिवाउन्डमा सुसानको प्रहार अजितले ब्लक गरिदिए । ४९औं मिनेटमा मिक्छेन तामाङको प्रहार आकासियो । ५३औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोष्टमाथिबाट गयो ।

५४औं मिनेटमा थ्री स्टारका मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर पोष्टबाट थोरै बाहिरियो । लगत्तै पुलिसका सुमन लामाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार थ्री स्टारका गोलरक्षक प्रिसोले बचाए । ६८औं मिनेटमा हम्जातको क्रसमा विजय भुजेलको हेडर पोष्टबाट थोरै बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

पूर्व विजेता यी दुई टोली थ्री स्टार र पुलिसले आ आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । पुलिसले यति हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै थ्री स्टारले प्रभु बैंक जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो ।

त्यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै लगातार दोस्रो जित हासिल गरेको थियो । ६ अंकका साथ मनाङ शीर्षस्थानमा छ । थ्री स्टार ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । समान ४ अंक भएका च्यासल तेस्रो र जाउलाखेल युथ क्लब चौथो स्थानमा छन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.