default_image

6 years ago

December 24, 2019

डामाडोल गोल्डकप : २ महिनामा २५ प्रतियोगिता !

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको फुटबल प्रतियोगिताका लागि एउटै मितिमा ३ वटा सम्म प्रतियोगिता गर्न सकिने गरि खेल तालिका सार्वजनिक गरेको छ । यसबीचमा नेपाली सिनियर राष्ट्रिय टोलीले विश्वकप छनोटको खेल समेत खेल्ने भएकाले अधिकांश प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी उपलब्ध हुने छैनन् ।

एन्फाले मंगलबार जारी गरेको तालिका अनुसार फागुन १ देखि १० गते सम्म पोखरामा मनकामना गोल्डप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा बागमती गोल्डकप आयोजना गर्ने मिति तय गरेको छ । त्यस्तो फागुन १५ देखि २४ गते भित्र झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गर्ने मिति तोकेको छ ।

फागुन २२ देखि चैत १ भित्र पोखराको आहा रारा गोल्डकप , सर्लाहीमा राजर्षी गोल्डकप र वीरगन्जमा विशाल मेमोरियल गोल्ड कप आयोजना गर्ने गरि एन्फाले खेल तालिका तयार गरेको छ । एकै मितिमा तीन वटा प्रतियोगिता सञ्चालन हुनेमा फागुन २९ देखि चैत ८ गते सम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्ड कप रहेका छन् ।

त्यस्तै चैत १३ देखि २२ गते सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्ड कप, काभ्रे गोल्ड कप र सुनसरीमा भरत गोल्ड कप आयोजना गर्ने गरि एन्फाले खेल तालिका सार्वजनिक गरेको छ । एकै मितिमा दुई वटा प्रतियोगिता आयोजना हुनेमा फागुन ८ देखि १७ गते सम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्ड कप छने ।

फागुन २४ देखि चैत ३ गते सम्ममा नेपालगन्ज गोल्डकप र चितवनमा भरतपुर गोल्डकप आयोजनाका लागि एन्फाले स्वीकृति दिएको छ । चैत ६ देखि १५ गते सम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना हुने एन्फा खेल तालिकामा उल्लेख छ ।

४ वटा प्रतियोगिताका लागि भने अन्य प्रतियोगितासँग मिति जुधेको छैन । जसमा फागुन ५ देखि १५ गते सम्म चितवनमा राइनो गोल्डकप, फागुन ११ देखि २२ गते सम्म धनगढीमा खप्तड गोल्डकप, चैत २० देखि २९ गते सम्म एन्फा नकआउट प्रतियोगिता र चैत १७ देखि वैशाख ६ गते सम्म झापामा मेचीनगर गोल्डकप आयोजना हुनेछ ।

दुई महिना भन्दा केहि बढी समयमा एन्फाले २५ वटा नकआउट फुटबल आयोजनाका लागि खेल तालिका तयार गरेको छ । फागुन १ देखि २०७७ को वैशाख ६ गते सम्म ६६ दिनमा २५ वटा नकआउट प्रतियोगिता आयोजनाका लागि एन्फाले स्वीकृति दिएको छ । एकै पटक ३ प्रतियोगिता आयोजना हुने र खेलाडीहरु लगातार खेल्नुपर्ने अवस्था आउँदा खेलस्तरमा नै प्रशन्त उठ्नेमा दुइमत छैन ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.