default_image

6 years ago

December 24, 2019

लिगमा दर्शक बढाउन एन्फाको बिशेष प्याकेज

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फटुबल संघ (एन्फा) ले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दर्शक सङ्ख्या बढाउन विशेष प्याकेज घोषणा गरेको छ ।
लिगको दोस्रो राउन्डको खेल सकिदा पनि दर्शकमा लिगको क्रेज नदेखिएपछि एन्फाले विशेष प्याकेजको घोषणा गरेको हो ।

लिगको ९१ खेलमध्ये १४ खेल सकिदा कुनै पनि खेलमा उल्लेख्य दर्शक खेल हेर्न रंगशाला पुगेका छैनन् । दशरथ रंगशाला, त्रिपुरेश्वर र एन्फा कम्प्लेक्सको खेल मैदानमा दर्शकलाई अझ बढी आकर्षित गर्न एन्फाले दर्शकहरुको लागि आकर्षक उपहार प्रदान गर्ने निर्णयक गरेको लिग समितिका निर्देशक सन्जीव मिश्रले पत्रकार सम्मेलनमा बताए ।

आकर्षक उपहार लिगको तेस्रो राउन्डदेखि अन्तिम राउन्डसम्म दुई किसिमको आर्षक पुरस्कार गोलाप्रथाबाट हुनेछ । एक खालको पुरस्कार हरेक राउन्डको खेलपछि र अर्को पुरस्कार लिगकोसमाप्ति पछि घोषणा गरिने एन्फाले जनाएको छ । दशरथ रंगशालामा साधारणतर्फ २ सय र भिआइपी प्यारापिटतर्फ एन्फाले ५ सय रुपैयाँ टिकट दर तोकेको छ ।

प्रत्येक राउन्डको समाप्तिपछि साधारण प्याराफिटतर्फको टिक खरिद गर्ने विजयी २ जनालाई आकर्षक पुरस्कार प्रदान गरिने छ । भिआइपीतर्फको गोलाप्रथामा विजयी ५ जनालाई नेपालको राष्ट्रिय टोलीको जर्सी प्रदान गरिनेछ । यसरी तेस्रोदेखि अन्तिम राउन्डसम्म २७५ जना दर्शक पुरस्कृत हुनेछन् ।

यस्तै प्रतियोगिता समाप्तपछि साधरणतर्फको १ जना र भीआइपीतर्फको २ जना दर्शकलाई नेपाली राष्ट्रिय टिमसँग विदेश भ्रमणको अवसर प्रदान गरिनेछ । यस्तै साधरण प्याराफिटतर्फको १० जना र भीआइपीतर्फको १५ जनालाई विश्वकप छनोट अन्तरगतको नेपाल र अष्ट्रेलियाबीचको तथा नेपाल र चाइनिज ताइपेइबीको खेलको भीआइपीतर्फको टिकट उपलब्ध गराइने एन्फाले जनाएको छ ।

यस्तै साधारण प्याराफिटतर्फको ५० जना र भीआइपीतर्फको ५० जनालाई विश्वकप छनोट अन्तरगतको नेपाल र अष्ट्रेलियाबीचको तथा नेपाल र चाइनज ताइपेइबीको खेलको साधरणतर्फको टिकट उपलब्ध गराइने छ । स्कुल डे«समा समूहगत रुपमा आउने विद्यार्थी दर्शकको लागि टिकटमा ५० प्रतिशत छुट गराउने एन्फाले निर्णय गरेको छ ।

लिगमा दुई चरणको खेल सकिदा जम्मा ५ लाख रुपैयाँ संकलन भएको बताइएको छ । लिग निर्देशक मिश्रका अनुसार पहिलो चरणका खेलमा २ लाख र दोस्रो ३ लाख रुपैयाँ संकलन भएको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.