6 years ago
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड सन्तोष साहुखलले स्कुले जीवनदेखि सहिद स्मारक ए डिभिजन लिग खेल्न थालेको डेढ दशक नाघिसकेको छ । तर, यो बीचमा नेपालमा १० पटक मात्र लिग आयोजना सम्भवन भएको छ । यति अस्थिर लिग हुनाका वाजुद सन्तोष लिगमा एक सय गोल पुरा गर्ने पहिलो खेलाडी बन्ने क्रममा रहेका छन् ।
आइतबार एनआरटीविरुद्ध हुने खेलमा उनले गोल गरे भने लिगमा उनको त्यो एक सयौं गोल हुनेछ । त्यो घरेलु लिगको कोसेढुंगा हुनेछ । यद्दपी सन्तोषले आफुले सयौं गोलका लागि भने खासै नसोचेको बरु यो सिजन १५/१६ गोल गर्ने लक्ष्य राखेको बताएका छन् ।
पछिल्लो पाँच वर्षदेखि जापानमा बस्दै आएका सन्तोष च्यासल युथ क्लबबाट लिग खेल्नका लागि केहि दिन अघिमात्र स्वदेश फर्केका थिए । जापानमा कामसँगै फुटबल पनि खेलिरहेका सन्तोष आफु विगतमा भन्दा पनि निकै फिट रहेको मान्छन् । उनले जापानमा बस्दा एउटा खेलाडी कति अनुशासित हुनुपर्दछ भन्ने सिकेको सुनाउँदै भने,‘ व्यवासयिक खेलाडीले कति अनुशासित हुनुपर्दछ भन्ने मैले त्यहाँ गरेर सिके । खासमा म पहिला भन्दा निकै फेरिएको छु ।’
नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित कार्यक्रममा उनका सहोदर दाई समेत रहेका च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले नम्बर ९ मा स्ट्राइकरमा हुनु पर्ने क्षमता अहिले सन्तोषबाहेकको नेपाली खेलाडी नरहेको जिकिर गरे ।
सन्तोषले २०६० असार १० मा संकटाविरुद्धको ३–२ ले पराजित भएको लिगको खेलमा ‘डेब्यु’ गोल गरेका थिए । त्यसयता, उनी लिगमा गोलमेसिनको रुपमा परिचित छन् । सन्तोषले २००७ अक्टोवर २८ मा ओमानविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । उनी जुमानु राईको स्थानमा ७२औं मिनेटमा मैदानमा प्रवेश गरेका गिए ।
सन्तोषले २०१५ यता, राष्ट्रिय टोलीमा रहेका छैनन् । उनले २०१५ मार्च २७ मा विश्वकप छनोट अन्तरगत भारतविरुद्धको खेलपछि राष्ट्रिय टोलीमा छैनन् । भारतविरुद्ध पहिलो रोजाईमा खेलेका उनलाई ५७औं मिनेटमा अनिल गुरुङले प्रतिस्थापन गरेका थिए । पहिलो रोजाईमा विरलै मौका पाउने सन्तोषले राष्ट्रिय टोलीबाट ३६ खेलमा ३ गोल मात्रै गरेका छन् ।
लिगमा सन्तोषको गोल
२०६० – (थ्री स्टार, ६ गोल)
२०६१ – (एपीएफ, ६ गोल)
२०६२ – (थ्री स्टार, ९ गोल)
२०६३ – (थ्री स्टार, ११ गोल)
२०६६–६७ – (थ्री स्टार, १९ गोल)
२०६८ – (मनाङ, १६ गोल)
२०६९ – (थ्री स्टार, १७ गोल)
२०७० – (थ्री स्टार, ९ गोल)
२०७५ – (च्यासल, ३ गोल, ५ खेल)
२०७६ – च्यासल, ३ गोल) खेल जारी
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]