default_image

6 years ago

December 25, 2019

लिगमा मनाङलाई पछ्याउँदै अन्य टोली

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दमबार सुरुवात गरेको छ । मनाङले सुरुवाती दुवै खेलमा शतप्रतिशत नतिजा निकालेको छ । अहिले नै उपाधिको अनुमान गर्ने अवस्था नभएपछि मनाङलाई पछ्याउनेमा  च्यासल युथ क्लब, रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब छन् । मनाङसँगै अपराजित यी चार क्लबले समान ४ अंक जोडेका छन् ।

मछिन्द्रको हकमा भने गत वर्षको लिगमा पुछारबाट दोस्रो स्थानम रहेकाले १ अंक अहिलेको लिगबाट घटाइएको छ । जसका कारण मछिन्द्रको ३ अंक छ । क्लबका स्थापित र स्टार खेलाडीले छाडेपनि मनाङले सुरुवाती खेलमा दुई विभागिय टोलीलाई पराजित गरेको थियो । पहिलो खेलमा एपिएफमाथि २–० को जित निकालेको मनाङले अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्यो ।

यसपटक टोलीको संरचनाका हिसाबले मछिन्द्र र च्यासललाई पनि उपाधि दाबेदारका रुपमा हेरिएको छ । दुवैले विजयी सुरुवात गरे । मछिन्द्रले बिग्रेड ब्वाइजलाई र च्यासलले संकटालाई समान २–० ले हराए । मछिन्द्र र च्यासलले एकअर्कासँगको भेटमा भने १–१ को बराबरी खेले । मनाङ जस्तै थ्री स्टारबाट पनि धेरै स्टारले साथ छाडे । तर, पनि टोलीले दोस्रो खेलमा सुखद नजिता आत्मसात गरेको छ ।

पहिलो खेलमा छिमेकी प्रभु बैंक जावलाखेलसँग गोलरहित खेलेको थ्री स्टारले अर्को खेलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले निराश पारेको छ । जावलाखेलको सुरुवात पनि सुखद रहेको छ । थ्री स्टारसँग बराबरी खेलेको जावलाखेलले अर्को खेलमा सरस्वती युथ क्लबलाई माथ दिदै ४ अंक जोडेको छ ।

आर्मी, बीबीसी,  एनआरटी र संकटाले पनि समान १ खेल जितेका छन् । एनआरटीले एक खेल जितेपछि गत वर्ष लिगमा पुछारमा रहेका कारण टोलीको २ अंक यसपटकको लिगबाट घट्ने भएकोले टोलीको खातामा १ अंकमात्र छ । पुलिस, फ्रेन्ड्स, सरस्वती, एपिएफ, यति हिमालयन शेर्पा क्लबले भने जितको खाता खोल्न बाँकी छ । १४ मध्ये फ्रेन्ड्स र सरस्वतीले भने अंकको खाता खोल्न पनि बाँकी छ ।

यस्तोमा लिगमा आज दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । अर्को खेलमा च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । लिगमा ९९ गोल गरिसकेका च्यासलका सन्तोष साहुखलले आज सयौं गोल गर्ने अपेक्षा गरिएको छ । उनले आजको खेलमा गोल गरे लिगमा सय गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो राउन्ड

मछिन्द्रविरुद्ध बीबीसी (२–०)

संकटाविरुद्ध च्यासल (०–२)

आर्मीविरुद्ध फ्रेन्ड्स (२–१)

सरस्वतीविरुद्ध एनआरटी (०–४)

पुलिसविरुद्ध शेर्पा (०–०)

थ्री स्टारविरुद्ध जावलाखेल (०–०)

एपीएफविरुद्ध मनाङ (०–२)

दोस्रो राउन्ड

च्यासलविरुद्ध मछिन्द्र (१–१)

बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०)

सरस्वतीविरुद्ध जावलाखेल (०–१)

संकटाविरुद्ध एनआरटी (१–०)

एपीएफविरुद्ध शेर्पा (१–१)

आर्मीविरुद्ध मनाङ (०–१)

थ्री स्टारविरुद्ध पुलिस (१–०)

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.