6 years ago
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभजन लिगमा दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको छ । दुई विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे र रेजिन सुब्बाको गोलमा मछिन्द्रले सहज जित निकालेको हो । तेस्रो खेलमा मछिन्द्रको यो दोस्रो जित हो ।
२९ औं मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बुले पन्च गर्दै फर्काएपनि त्यहि रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए । ५१औं मिनेटमा एडेलाजाको गोलमा मछिन्द्रले अग्रता दोब्बर पारेको थियो ।
कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका हुन् । ८५औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अन्तरलाई ३–० बनाए । सोमिडेको प्रहार डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा रेजिन गोल गर्न सफल भएका हुने ।
स्टारहरुले भरिएको मछिन्द्रले गोल गर्ने केहि मौका चुकाएको थियो । २१औं मिनेटमा विशाल राईको फ्रिकिक गोलकिपर देव लिम्बुले उत्कृष्ट पञ्च गर्दै बचाए । २५औं मिनेटमा अभिषेक रिजालको हेडरले पोष्टको दिशा लिन सकेन । २७औं मिनेटमा एडिलाजा सोमिडेको प्रहार गोलकिपर देवले रोके । ३२औं मिनेटमा बुद्व चेम्जोङको प्रहार बाहिरियो । ८२औं मिनेटमा अभिषेक रिजालको प्रहार फितलो बन्यो ।

मछिन्द्रले अघिल्ला २ खेलमा १ जित र १ बराबरी निकालेको छ । ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको मछिन्द्र अर्को खेलमा च्यासल युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । गत वर्ष लिग अंक तालिकाको पुछारबाट दोस्रोमा रहेका कारण यसपटकको लिगबाट १ अंक घट्ने भएकाले मछिन्द्रको खातामा ६ अंक पुगेको छ ।
सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई गोलअन्तरमा पछि पार्दै मछिन्द्र शीर्षस्थानमा उक्लेको छ । मनाङले १ खेल कम खेलेको छ । फ्रेन्ड्सले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]