6 years ago
December 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) ले च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा २३औं मिनेटमा जुनियर अनगुइने निकेङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कर्नरमा प्राप्त बललाई जुनियरले हेडमार्फत गोल गर्न सफल भए ।
त्यसअघि प्रकाश बुढाथोकीको फ्रिकिकलाई च्यासलका गोलकिपर एलेन न्यौपानेले पन्च गरेपछि त्यसमा एनआरटीले कर्नर पाएको थियो । त्यहि कर्नरबाट आएको बलमा जुनियरले हेड गोल गरेका हुन् ।
खेलको तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठको बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर फर्कदा च्यासल अग्रता लिनबाट चुक्यो । १२ औं मिनेटमा हायातो वाकिनोको क्रसमा सन्तोष साहुखलको हेडरले पोष्टको दिशा लिन सकेन । १७औं एनआरटीका कप्तान प्रकाश बुढाथोकीको प्रहार आकासियो । लगत्तै प्रकाशको अर्को प्रहार आकासियो । १९औं प्रकाशको प्रहार च्यासलका गोलरक्षक एलेन न्यौपानेले सहजै बचाए ।
एनआरटीले यसअघिका २ खेलमा १ जित र १ हार बेहोरेको थियो । सरस्वती युथ क्लबलाई ४–० ले हराएको एनआरटी संकटा क्लबसँग १–० ले पराजित भएको थियो । च्यासल पहिलो खेलमा संकटालाई २–० ले हराएको थियो भने अर्को खेलमा मछिन्द्र क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]