default_image

6 years ago

December 25, 2019

एपिएफलाई पाँचौं पटक प्रधानसेनापति महिला फुटबल उपाधि

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफ पाँचौं पटक च्याम्पियन बनेको छ । एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए ।

 

भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा पाँचौं मिनेटमा सुरुको गोलबाट एपिएफले अग्रता लिएको थियो । खेल सकिन १ मिनेट बाँकी रहँदा रेखाले अर्को गोल थप्दै जित निश्चित पारेकी थिइन् । उपाधिसहित एपिएफले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लबलाई ५–२ ले हराउँदै एपिएफ र भुटानको राष्ट्रिय टोलीलाई २–० ले हराउँदै आर्मीले एकअर्कासँगको फाइनल भेट पक्का गरेका थिए ।

लिग चरणमा एपिएफ र आर्मी एकै समूहमा थिए ।  एपिएफ अपराजित रहँदै समूह विजेता बनेको थियो । जहाँ एपिएफले आर्मीलाई ४–२ ले हराएको थियो । एपिएफले समूह चरणमा सिक्किम युनाइटेडलाई १८–० र प्रदेश १ लाई ९–० ले हराएको थियो । सोही समूहमा सिक्किमलाई १० –० ले हराएको आर्मीले प्रदेश १ लाई ९–० ले नै पराजित गरेको थियो । मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.