default_image

4 years ago

December 25, 2019

दिपा सर्वोत्कृष्ट, सावित्रा उत्कृष्ट फरवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी दिपा राई प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले स्कुटर प्राप्त गरिन् । उपाधि भने एपिएफले जितेको छ । आर्मी क्लबलाई बुधबार २–० ले हराउँदै एपिएफ  पाँचौं पटक च्याम्पियन बनेको हो । एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए । […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी दिपा राई प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले स्कुटर प्राप्त गरिन् । उपाधि भने एपिएफले जितेको छ । आर्मी क्लबलाई बुधबार २–० ले हराउँदै एपिएफ  पाँचौं पटक च्याम्पियन बनेको हो ।

एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए । एपिएफले उपाधिसहित ३ लाख रुपैयाँ र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफकी सावित्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट फरवार्ड घोषित हुँदा सोही टोलीकी अन्जली तुम्बाफो सुम्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।

आर्मीकी पुजा राना उत्कृष्ट रक्षक र भुटानको राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्ड घोषित भइन् । उत्कृष्टले समान १० हजार रुपैयाँ प्रापत गरे । आर्मीकी विमला विके उदयीमान खेलाडी चुनिइन् । उनलाई सैनिक श्रीमती संघले २५ हजार ५ रुपैयाँबाट पुरस्कृत गर्यो । मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका उत्कृष्ट

सर्वाेत्कृष्ट खेलाडी – दीपा राई (आर्मी )

उत्कृष्ट
गोलकिपर – अन्जली तुम्बाफो सुब्बा (एपिएफ)
रक्षक – पुजा राना (आर्मी)
मिडफिल्ड – पेमा छोडेन छिरिङ (भुटान)
फरवार्ड – सावित्रा भण्डारी (एपिएफ)
प्रशिक्षक – जनक सिंंह (एपिएफ)
उदयीमान खेलाडी – विमला विके (आर्मी)

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.