default_image

6 years ago

December 25, 2019

दस खेलाडीमा सिमित एनआरटीले च्यासललाई हरायो

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सयौं गोल पुरा गर्न अर्को खेल कुर्नुपर्ने भएको छ । सन्तोषले सयौ गोल पुरा गर्ने अपेक्षा गरिएको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार उनको टोली च्यासल दस खेलाडीमा सिमित न्यूरोड टिम (एनआरटी) सँग २–१ ले पराजित भएको छ । ९६ गोलबाट यसपटकको लिग सुरु गरेका सन्तोषले संकटाविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गर्दै ९९ गोल पुर्याएका थिए ।

दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन जुनियर अनगुइने निकेङ र दर्शक गुरुङले गोल गरेका थिए । २३औं मिनेटमा जुनियर अनगुइने निकेङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कर्नरमा प्राप्त बललाई जुनियरले हेडमार्फत गोल गर्न सफल भए । त्यसअघि प्रकाश बुढाथोकीको फ्रिकिकलाई च्यासलका गोलकिपर एलेन न्यौपानेले पन्च गरेपछि त्यसमा एनआरटीले कर्नर पाएको थियो । त्यहि कर्नरबाट आएको बलमा जुनियरले हेड गोल गरेका हुन् ।

खेल सकिन ४ मिनेट बाँकी रहँदा दर्शनले एकल प्रयासमा गोल गरेका थिए । काउन्टर एट्याकमा मध्यभाग भन्दा पनि पछाडिबाट बल अघि बढाएका दर्शनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । त्यसअघि ७१ औं मिनेटमा जोेर्डन जुनियर एन्डेम्बा ओओनाले दोहोरो पहेलो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सिमित भएको थियो । इन्जुरी समयमा अमिर श्रेष्ठले च्यासलका लागि गोल गरेपनि च्यासलको हार टरेन ।

तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठको बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर फर्कदा च्यासल अग्रता लिनबाट चुक्यो । १२ औं मिनेटमा हायातो वाकिनोको क्रसमा सन्तोष साहुखलको हेडरले पोष्टको दिशा लिन सकेन । १७औं एनआरटीका कप्तान प्रकाश बुढाथोकीको प्रहार आकासियो । लगत्तै प्रकाशको अर्को प्रहार आकासियो । १९औं प्रकाशको प्रहार च्यासलका गोलरक्षक एलेन न्यौपानेले सहजै बचाए ।
एनआरटीले यसअघिका २ खेलमा १ जित र १ हार बेहोरेको थियो ।

एनआरटीको ४ अंक पुगेको छ । गत सिजन अंकतालिको पुछारमा रहेको एनआरटीको यो सिजन २ अंक घटाइएको छ । सरस्वती युथ क्लबलाई ४–० ले हराएको एनआरटी संकटा क्लबसँग १–० ले पराजित भएको थियो । च्यासल पहिलो खेलमा संकटालाई २–० ले हराएको थियो भने अर्को खेलमा मछिन्द्र क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.