default_image

4 years ago

December 25, 2019

भुटानमाथि नेपालको कठिन जित

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू–१५ राष्ट्रिय महिला फुटबल टोलीले भुटानी समकक्षी टोलीमाथि लगातार दोस्रो जित निकालेको छ । यद्दपी दोस्रो खेलको जित पहिलो जस्तो सहज रहेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल नेपाली टोलीले १–० ले जितेको छ ।

सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली ६–१ को फराकिलो अन्तरले विजयी भएको थियो । जित निकालेको जित निकालेको नेपालले बुधबार दोस्रो तथा अन्तिम मैत्रीपुर्ण खेलमा १–० को कठिन जित निकालेको हो ।

बुधबार अमिषा कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । अमिशाले खेलको १३ औं मिनेटमा गोल गरेकी थिइन् । अघिल्लो खेलमा अमिशाले ह्याट्रिक तथा कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गाल गरेकी थिइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल विकासको लागि नेपालले भुटानसँग मैत्रीपूर्ण खेल आयोजना गरिएको बताएको छ । यसअघि नेपाल र भुटानको यू १५ टोलीबीच असोजमा साफ च्याम्पियनसिपमा भेट भएको थियो । जसमा दुई टोलीबीच १–१ को बराबरी भएको थियो । उक्त प्रतियोगितामा नेपाल तेस्रो र भुटान चौथो भएको थियो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.