default_image

6 years ago

December 26, 2019

मनाङलाई बीबीसीको चुनौती

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत तेस्रो चरणको दोस्रो दिनको खेलमा आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र मनाङ मस्याङ्दी क्लब मध्यान्ह १२ बजे तथा दशरथ रंगशालमा दिउँसो ३ संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

गतवर्षको विजेता समेत रहेको मनाङ बीबीसीलाई पराजित गर्दै शीर्षस्थानमा फर्कने लक्ष्यमा हुनेछ । अपराजित रहेको मनाङको दुई खेलबाट ६ अंक रहेको छ । गोलअन्तरमा दोस्रो स्थानमा छ । अघिल्लो वर्ष लिग जित्दाका अधिकांश खेलाडीले क्लब छाडेपनि मनाङले आफ्नो पुरानो छविलाई निरन्तरता दिदै लगातार दोस्रो जित निकाल्न सफल भएको छ । त्यसैलाई मनाङ निरन्तरता दिने लक्ष्यमा मैदान उत्रने छ ।

मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । गत सिजनको खेलमा मनाङविरुद्व अप्रत्यासित अग्रता लिएको ब्रिगेडले अन्तिममा खेल ३–१ ले गुमाएको थियो । सोही कारण ब्रिगेडसंग मनाङ सचेत भएर खेल्नेछ ।

यता, युवा र केही अनुभवी खेलाडीको टिम बीबीसी पनि मनाङलाई स्तब्ध पार्दै ३ अंक जोड्ने दाउमा हुनेछ । राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेको अनिलले लामो समय मनाङको जर्सीमा घरेलु फुटबलमा प्रभाव जमाएका थिए । उनै अनिलको कप्तानीमा रहेको ब्रिगेड घरेलु फुटबलको महारथी क्लब मनाङलाई कडा टक्कर दिने लक्ष्यमा छ ।

ब्रिगेडले मछिन्द्रलाई २–० ले नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा फ्रेन्ड्सलाई २–० ले हराएको थियो । ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुलेको छ ।

दिनकै अर्काे खेलमा जावलाखेल र संकटाबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल अपराजित यात्रालाई निरन्तरता दिने दाउँमा हुनेछ । थ्रीस्टारसँग पहिलो खेलमा अंक खोस्न सफल जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरको थियो । च्यासलसँग २–० पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो ।

जावलाखेलको २ खेलबाट ४ अंक छ । संकटाको २ खेलबाट ३ अंक छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.