default_image

6 years ago

December 26, 2019

जगजितको गोलमा मनाङलाई अग्रता

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।


एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले खेलको २५ औं मिनेटमा जगतिज श्रेष्ठको गोलबाट अग्रता लिएको छ। मपनेटमा भिडाल लुइसको प्रहार डिफ्लेक्ट भएपनि जगजितले वान टचमा गोल गरेका थिए । राष्ट्रिय टोलीका पूर्व सदस्य जगजित लिगकै लागि अष्ट्रेलियाबाट स्वदेश फर्केका हुन् । मनाङले सुरुवाती दुवै खेल जितेको थियो ।

बिबिसीले पनि खेलको सुरुमै अग्रताको मौका पाएको थियो , तर सफल हुन सकेन । खेलको तेस्रो मिनेटमा बिबिसीका कप्तान अनिल गुरुङको प्रहार पोस्ट नजिकबाट बाहिरियो । मनाङले पनि केहि अवसर खेर फाल्यो । २३औं मिनेटमा मनाङका विमल रानाले वान टु वानमा गोल गर्नबाट चुके । २५औं मिनेटमा विमलको अर्को प्रहार गोलकिपरले सहजै बचाए ।

अघिल्लो वर्ष लिग जित्दाका अधिकांश खेलाडीले क्लब छाडेपनि मनाङले आफ्नो पुरानो छविलाई निरन्तरता दिदै लगातार दोस्रो जित निकाल्न सफल भएको छ । मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.