default_image

6 years ago

December 26, 2019

जितसँगै मनाङ शीर्षस्थानमा फर्कियो

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दश खेलाडीमा समिति हुँदै खेलको अन्त्य गरेको मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बिहीबार १–० ले हराउँदै साविक विजेता समेत रहेको मनाङले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ ।

९ अंकसहित मनाङ शीर्षस्थानमा फर्केको छ । बुधबार मछिन्द्र क्लबले गोलअन्तरमा पछि पारेपछि मनाङ दोस्रो स्थानमा झरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जगजित श्रेष्ठले पहिलो हाफमा गरेको गोल मनाङको जितका लागि पर्याप्त रह्यो ।

खेलको २५ औं मिनेटमा जगतिजले वान टचमा गोल गरेका थिए । मपनेटमा भिडाल लुइसको प्रहार डिफ्लेक्ट भएपनि जगजितले वान टचमा गोल गरेका थिए । राष्ट्रिय टोलीका पूर्व सदस्य जगजित लिगकै लागि अष्ट्रेलियाबाट स्वदेश फर्केका हुन् । अष्ट्रेलिया रहँदा पनि फुटबलमा सक्रिय रहेका जगजित राष्ट्रिय टोली बन्द प्रशिक्षमा सामेल भएपछि अन्तिम छनोटमा भने पर्न असफल रहँदै आएका छन् ।

बिबिसीले पनि खेलको सुरुमै अग्रताको मौका पाएको थियो , तर सफल हुन सकेन । खेलको तेस्रो मिनेटमा बिबिसीका कप्तान अनिल गुरुङको प्रहार पोस्ट नजिकबाट बाहिरियो । मनाङले पनि केहि अवसर खेर फाल्यो । २३औं मिनेटमा मनाङका विमल रानाले वान टु वानमा गोल गर्नबाट चुके । २५औं मिनेटमा विमलको अर्को प्रहार गोलकिपरले सहजै बचाए ।

५२औं मिनेटमा बिबिसीका जया गुरुङको प्रहार गोलरक्षक दिप कार्कीले बचाए । ५५औं मिनेटमा मनाङका फेमीको प्रहार गोलकिपर विशाल सुनारले बचाए । ६६औं मिनेटमा विमल वान भर्सेस वानमा गोल गर्न चुके । उनको चिप प्रहार गोलरक्षक विशालले डाईभ उत्कृष्ट बचाउ गरे ।

७२ औं मिनेटमा रन्जन बिष्टको पासमा विमलले बल भेट्न सकेनन् । ७३ औं मिनेटमा एकराज बुढाथोकी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा समेटियो । विजय गुरुङलाई गम्भीर ट्याकल गरेपछि रेफ्री कविन व्यन्जनकारले एकराजलाई सिधै रातो कार्ड देखाएका थिए ।

अघिल्लो वर्ष लिग जित्दाका अधिकांश खेलाडीले क्लब छाडेपनि मनाङले आफ्नो पुरानो छविलाई निरन्तरता दिदै लगातार तेस्रो जित निकाल्न सफल भएको छ । मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । बिबिसीले ३ मध्ये १ खेलमा जित र बाँकी २ खेलमा हार बेहोरेको छ । दशरथ रंगशालामा आज हुने लिगको खेलमा संकटा र प्रभु जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.