default_image

4 years ago

December 26, 2019

जावलाखेलविरुद्ध संकटाको अग्रता

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार प्रभु जावलाखेल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पहिलो हाफको अन्त्यतिर संकटाले अग्रता लिएको थियो ।

दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा कप्तान लक्ष्मण रुचालको गोलबाट संकटाले अग्रता लिएको थियो । फोडे फोफानेले आफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले झन्डै ३५ यार्डबाट गोल गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा जावलाखेलका फोडे फोफानोले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । लगत्तै सोही टोलीका ड्याडी जुनियर वाम्वाको प्रहार आकासियो ।

अघिल्ला दुई खेलमा जावलाखेल अपराजित रहेको थियो । रुस्लान थ्रीस्टारसँग पहिलो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाढेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गरको थियो ।

संकटाले यसअघिका २ खेलमा १ मा जित र अर्कोमा हार बेहारेको थियो । च्यासलसँग २–० पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो ।

यसअघि सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब शीर्षस्थानमा उक्लेको छ । ३ खेलमा मनाङको ९ अंक पुगेको छ । बिबिसीको ३ खेलमा ३ अंक छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.