default_image

6 years ago

December 26, 2019

जावलाखेल र संकटाले अंक बाँडे

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलको ७२ औं मिनेटमा ड्याडी जुनियर बाम्बाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । फ्रिकिकमा आएको बललाई जुनियरले हेडमार्फत पोष्टको दिशा लिएका थिए ।

संकटाले पहिलो हाफमा कप्तान लक्ष्मण रुचालको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा फोडे फोफानेले आफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले झन्डै ३५ यार्डबाट गोल गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा जावलाखेलका फोडे फोफानोले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । लगत्तै सोही टोलीका ड्याडी जुनियर वाम्वाको प्रहार आकासियो ।

तीन खेलमा अपराजित रहेको जावलाखेलको खातामा ५ अंक र संकटाको ४ अंक पुगेको छ । रुस्लान थ्रीस्टारसँग पहिलो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाढेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गरको थियो ।

संकटाले यसअघिका २ खेलमा १ मा जित र अर्कोमा हार बेहारेको थियो । च्यासलसँग २–० पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो ।

यसअघि सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब शीर्षस्थानमा उक्लेको छ । ३ खेलमा मनाङको ९ अंक पुगेको छ । बिबिसीको ३ खेलमा ३ अंक छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.