6 years ago
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्समा बिहीबार मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीचको खेलमा मनाङका डिफेन्डर एकराज बुढाथोकीले विजय गुरुङमाथि फल गरे । ५०-५० बलमा बलमा प्रहार गर्न खोज्दा एकराजको बुटले विजयको टाउको भेट्यो र विजय ढले । रेफ्री कविन ब्यन्जन्कारले एकराजलाई रातो कार्ड दिए र केहि डरलाग्दो अवस्थामा देखिएका विजयको उपचारका लागि डाक्टरहरु तुरुन्त आइपुगे ।

रेफ्रीले रातो कार्ड देखाउँदा न कुनै मनाङका खेलाडीले विरोध गरे त न खुद कार्ड खाने एकराजले नै । खेलदौरान हुने दुर्भाग्यपूर्ण घटना थियो त्यो । तर मैदानभित्र उक्त घटना हुँदा मैदानबाहिर भने अर्को घटना भयो । रंगशालामा देखिने मनाङकी एक नियमित समर्थकले विजय ढल्नबितिकै निकै खराब शब्द प्रयोग गरिन् । त्यतिमात्र होइन, उनले ‘त्यो मरेपनि हुन्छ!’ भने पटक पटक भन्न भ्याइन् । वरपर रहेका समर्थकले उनलाई चुप लाग्न भने । एन्फाले तैनाथ गरेको सुरक्षा दस्ताले पनि उनलाई चुप लाग्न भन्यो । तर उनले स्थितिलाई अझ उग्र बनाइन् ।
विकल्प नदेखेपछि सुरक्षा दस्ताले उनलाई निकाल्नुको विकल्प नै रहेन । मनाङको खेलमा नियमित उपस्थित रहने उनको रवैया एक फुटबल समर्थकका लागि लज्जास्पद नै रहने गर्दछ । मनाङको विपक्षी खेलाडीलाई उनले हरेक खेलमा खराब नियतको शब्द प्रयोग गर्दै आएकी छिन् । मनाङकै पूर्व खेलाडी हुँदा त झन् उनको प्रस्तुतिले छेउछाउ बसेका दर्शक नै लाजले पर सर्छन् । बिहिबारको खेलमा उनले विजयविरुद्ध गरेको प्रस्तुतिपछि खेलाडीले बेलुका भिडियो संदेश नै दिए ।
राजधानीको दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग सुरु भएको दुई साता बितिसकेको छ । यसक्रममा लिगको तेस्रो चरणको खेल पनि सकिन आँटेको छ । लिगको १८ खेल सकिँदा एकै खेलमा सर्वाधिक दर्शक संख्या ९ सय २ जना छ । विगतमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहने मनाङ र आर्मीको खेल हेर्न जम्मा ७ सय दर्शक मैदान पुगे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका दौरान रंगशालामा समर्थकको उपस्थिति बढाउने लक्ष्यसहित केहि दिन अघिमात्र ‘विशेष प्याकेज’ घोषणा गर्यो । भाग्यमानी दर्शकले राष्ट्रिय फुटबल टोलीसँग विदेश भ्रमणसम्मको अवसर पाउने उक्त प्याकेजसँगै दर्शक सहभागिता बढ्ने एन्फाको अपेक्षा थियो । हालसम्म लिगको प्रचार प्रसारमा शून्यप्राय देखिएको एन्फाको यो प्रयासले कति सफल पाउँछ, त्यो समयले बताउला । तर समर्थकको उपस्थिति भन्दापनि कस्ता समर्थक खेल हेर्न आएका छन् भन्नेमा भने एन्फाको ध्यान गएको छैन ।
साविक विजेता मनाङ मर्स्याङ्दी, रुस्लान थ्री स्टार, च्यासल र विभागीय टोलीका खेलमा तुलनात्मक रुपमा बढी समर्थन आउने गर्छन् । यसबाहेक ललितपुर र काठमाडौंका अन्य क्लबका खेलमा पनि सिमित दर्शक नियमित नै हुने गर्दछन् । खेल हेर्न दर्शक संख्या यति कम हुन्छन् की खेलाडीले पनि समर्थकलाई राम्रोसँग चिन्छन् । नेपालको खेलाडी बजार सानो छ । यसकारण थुप्रै खेलाडी वर्षपिछे क्लब परिवर्तन गर्न बाध्य हुन्छन् । यस्तो अवस्थामा खेलाडीप्रति लक्षित खराब बोलीले खेलाडीको मनोबल मात्र होइन खेलको वातावरण नै फोहोर बनाएको छ ।

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा ब्रिगेड ब्वाइज क्लबका कप्तान अनिल गुरुङले पनि दर्शकहरुको यस्तो व्यवहारले निकै दुखी बनाएको बताए । ‘हामीले मैदान छिरेपछि कतिपय अवस्थामा विपक्षी टोलीको दर्शक-समर्थकबाट निकै खराब कुरा सुन्नुपर्छ । मैदानमा ध्यान दिने भन्दापनि यस्तो कुराले निकै असर पर्छ । सकेसम्म ध्यान नदिने प्रयास हुन्छ तर कम समर्थक हुँदा धेरैले त्यो सुन्नुपर्छ । यस्ता खराब कार्य गर्नेलाई कारवाही गर्नपर्छ,’ उनले भने ।
एन्फा महासचिव इन्द्र्माना तुलाधरका अनुसार मैदानमा दर्शकदिर्घाबाट कुनै किसिमको नकारात्मक कार्य भए एन्फाले कारवाही गर्ने बताउँछन् । ‘हामीले बिहीबारको घटनाबारे विस्तृत बुझ्न बाँकी छ । एन्फाले केहि गलत भएमा दर्शकमाथि पनि प्रतिबन्ध लगाउनेछ । हामीले गल्ति भएको पुष्टि भएमा रंगशाला प्रतिबन्धसम्म गर्न सक्छौं ,’ उनले भने ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]