6 years ago
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगम आज लिग चरणको तेस्रो राउन्ड अन्तरगतको दुई खेल हुदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले यति हिमालयन शेर्पा क्लबसँग मध्यान्ह १२ बजे खेल्दैछ ।

आजै दिउँसो ३ बजे दशरथ रंगशालामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र तुलनात्मक रुपमा कमजोर मानिएको सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
उपाधि दावेदारको रुपमा हेरिएको आर्मी लिग चरणको दोस्रो राउन्डमा अन्तिम समयमा सम्हालिन नसक्दा मनाङ–मस्र्याङ्दी क्लबसँग १–० ले पराजित हुन पुगेको थियो । आर्मीले दुई खेलबाट १ जित र १ हारसँगै ३ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो ।

उपाधि यात्रालाई जीवितै बनाउन शुक्रबार शारीरिक रुपमा बलियो आर्मी शेर्पालाई पराजित गर्दै महत्वपुर्ण ३ अंक जोड्ने लक्ष्यमा मैदानमा उत्रनेछ । कप्तान भरत खवास र नवयुग श्रेष्ठले आर्मीको अग्रपङ्ति सम्हाल्नेछ । गोलरक्षक विकेश कुथु रहनेछन् । आशालाग्दा युवा डिफेन्डर बिकास खवासले शेर्पाको अग्रपङ्तिलाई रोक्नेछन् । मनाङविरुद्धको खेलमा रातो कार्ड पाएका कारण रक्षक सुमन अर्याल टोलीमा हुनेछैनन् । उनको अभाव टोलीलाई खड्कन सक्नेछ ।
यता, लिगमा अपराजित रहेको शेर्पा आर्मीविरुद्ध अंक खोस्ने रणनीतिमा हुनेछ । यसअघि शेर्पाले नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

दिनको दोस्रो खेलमा पुलिस र सरस्वती लिगमा पहिलो जितको खोजीमा हुनेछ । तेस्रो चरणसम्म आईपुग्दा दुबै टिमले जित निकाल्न सकेका छैनन् । पुलिस हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिदा दोस्रो खेलमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो ।
पछिल्लो समय पुलिसको प्रदर्शन खस्कदो छ । सरस्वतीविरुद्ध जित निकाल्दै पुलिस आफनो लय समात्ने लक्ष्यमा हुनेछ । राष्ट्रिय टोलीका रवि पासवान, तेज तामाङ र अजित भण्डारीको साथ रहेको पुलिसको अग्रपङ्तिमा समस्या देखिएको छ ।

यता, कमजोर सुरुवातसहित सुरुवाती दुबै खेलमा हार भोगेको सरस्वती पुलिसलाई स्तब्ध पार्दै पहिलो जितको खोजीमा हुनेछ । सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० ले पराजित भएको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]