6 years ago
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। शुक्रवार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखालगाउँदै जित निकालेको हो।
जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। आर्मीको जितमा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे। खेलको म्यान अफ दि म्याच भरत खवास बने।
दोस्रो हाफमा शेर्पाले १२ खेलाडी मैदानमा उतारेपछि खेल केहीवेर अवरुद्व भएको थियो । शेर्पाका विसन गुरुङ सब्सिच्युटविनै मैदान प्रवेश गरेपछि खेल केहि समय अबरुद्ध हुन पुगेको थियो । ५७ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । डिफेन्डर आशिष गुरुङलाई बिट गर्दै गोलकिपर किशोर गिरी अघि बढेको अवस्थामा भरतको चिप भली प्रहार गोलमा परिणत भएको थियो ।
६१औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । डिफेन्डर अलरिच सिवेले राम्रो सँग क्लियर गर्न नसकेको बललाई टेक बहादुरले गोल गर्न सफल भएका थिए । लगत्तै दिनेश हेन्जनको क्रस पासमा भरतको प्रहार डिफेन्डर निरज बस्नेतले गोललाईन नजिकबाट क्लियर गरिदिए ।
पहिलो खेलमा आर्मीले फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो। शेर्पाले भने ३ खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी गरेको शेर्पाले दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।
आजै दिउँसो ३ बजे दशरथ रंगशालामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]