default_image

6 years ago

December 27, 2019

पुलिस र सरस्वती – पहिलो हाफमा बराबरी

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । पुलिस पहिलो हाफको इन्ज्युरी समयमा १० खेलाडीमा सिमिति भएको छ । अन्जन राई दाहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको हो । 

दशरथ रंगशालामा दुवै टोलीले गोलको थोरै अवसर पाए । तर, सदुपयोग गर्न सकेनन् । खेलको पाँचौ मिनेटमा लामो समयपछि फुटबलमा पुनरागमन गरेको पुलिसका रविन श्रेष्ठको क्रसमा रवि पासवानले बल भेटेपनि नियन्त्रणमा लिन सकेनन् ।

२२औं मिनेटमा रविको क्रसमा सौजन राईले गोल गर्ने सुन्दर मौका खेर फाले । अनमार्क रहेका उनले पर्याप्त समय लिएर गरेको प्रहार पोष्टबाट थोरै बाहिरियो ।३२औं मिनेटमा रविको प्रहार सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले उत्कृष्ट पञ्च गर्दै बचाए ।

३५औं मिनेटमा सरस्वतीका कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्कदा सरस्वतीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । यसअघिका दुई चरणका खेलमा पुलिस र सरस्वतीले जित निकाल्न सकेका छैनन् ।

पुलिसले २ मध्ये १ मा बराबर र अर्कोमा हार बेहोरेको थियो । सरस्वतीले भने दुवै खेल गुमाएको थियो । आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले यति हिमालयन शेर्पालाई २–० ले हराएको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.