default_image

6 years ago

December 27, 2019

जन्मदिनमा पुनरागमन : ३ अंक उपहार

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मैदानबाट टाढा हुनुको पीडा चोट लागेको खेलाडीलाई जत्तिको कसलाई थाहा होला । चोटका कारण स्टार हुने सम्भावना बोकेका थ्रुपै नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । फर्केपनि पुरानै लयमा देखिएनन् ।

त्यसमा कुनै समयका स्टार मिडफिल्डर प्रदीप महर्जन, त्यसपछिको पुस्ताका चेतन घिमिरे र निराजन मल्ल छन् । नेपाली फुटबलले ती खेलाडीबाट ठूलो अपेक्षा राखेको थियो । तर, चोटले उनीहरुलाई राम्ररी खेलमा जम्न दिएन । एन्फा एकेडेमीका उत्पादन प्रदीप, चेतन , निराजन अहिले घरेलु फुटबलमा सक्रिए छैनन् । यी त केहि उदाहरण मात्रै हुन् ।

चोटका कारण मैदान फर्कन नसक्ने खेलाडीको सुचि तयार गर्ने हो भने लामो हुन्छ । कतिले चोटका कारण खेल जीवन अन्त्य गर्नुपरेको छ भने कतिपयले पुनरागमन पनि गरेका छन् । चेतनकै ब्याचका रविन श्रेष्ठ कुनै बेला राष्ट्रिय टोली र नेपाल पुलिस क्लबका नियमित सदस्य थिए । राष्ट्रिय टोलीबाट खेल्दा होस् वा क्लबबाट लेफ्ट ब्याक उनी प्रभावशाली प्रदर्शनका लागि माहिर मानिन्छन् । अझ ओभर ल्यापमा गएर क्रस गर्नु उनको अर्को खुबी हो ।

२०७३ को चैतमा फिलिपिन्सविरुद्धको एसिया कप छनोटमा उनको घुँडामा चोट लागेपछि उनी झन्डै एक वर्ष मैदान बाहिर रहे । २०७४ फागुनमा उनी तिलोत्तमा गोल्डकपमार्फत पुनः मैदान फर्किए । केहि समय मैदानमा सक्रिय पनि भए । गत वर्ष भदौमा बंगलादेशमा भएको साफ च्याम्पियनसिपको तयारीका क्रममा उनको घुँडाको चोट पुन बल्झियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारका लागि उनलाई कतार पठाउने व्यवस्था मिलायो । उनले लगातार मिहिनेतपछि अन्तत मैदानमा फर्कने जमर्को गरे ।

त्यसैको सुरुवात उनले शुक्रबार कतार एयेरवेज सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युथ क्लबविरुद्ध उत्रदै गरेका छन् । संयोगवश आज नै उनको जन्मदिन पनि हो । उमेरले ३० वर्ष टेकेका रविनले सुखद पुनरागम गरे । सरस्वतीविरुद्ध पहिलो रोजाइमा खेल्दै टोलीको कप्तानी गरेका उनले टिमबाट ३ अंक उपहार पाए । दोस्रो हाफको पूरा समय १० खेलाडीमा सिमित रहेपनि पुलिस विजयी रहयो ।

रविनले खेलपछि पुनरागमन गर्न पाउँदा निकै खुसी रहेको बताए । ‘ खेलमा फर्किन पाउँदा खुसी छु । मलाई मैदानमा उतार्दै विश्वास गर्नुभएकोमा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु । आजको खेलमा ३ अंक आवश्यक थियो र त्यसलाई हासिल गर्न सफल भयौं । टिमले जन्मदिनको उपहार ३ अंक दिएको आभास भएको छ,’ उनले भने । रविनले अब आफू पूर्ण रुपमा फिट रहेको पनि बताए ।

आफ्नो चोटको अवस्था र अब आउने दिनको तयारीबारे भने रविनले मानसिक रुपमा आफू बलियो रहेको बताए । ‘ मैले विगतमा नेपाली खेलाडीले कस्तो चोट बोके वा के कस्तो समस्या भयो भन्नेमा ध्यान दिएको छैन । मैले अहिले पाएको उपचार र रिह्याब विगतभन्दा निकै राम्रो रहयो,’ उनले थपे, ‘ मैले यसबीचमा रोहित (चन्द) सँग पनि निरन्तर सल्लाह लिइरहें । उनी आफैं यो स्थितिबाट गुज्रेको हुनाले मलाई निकै सहयोग गरे । एन्फा र पुलिसले पनि उत्तिकै साथ दिएको छ ।’

रविनले पुलिसमा अहिले युवा खेलाडीको बाहुल्यता रहेपनि लिगका कुनै टोलीभन्दा कम नरहेको बताए । ‘ हाम्रो टोली राम्रो छ । केहि अनुभवी खेलाडीसँगै हाल नियमित अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका सुमन, अजित, तेज, रवी, लगायत खेलाडी छन् । अन्य खेलाडीले पनि राम्रो खेलेका छन् । अहिले नै लिगको स्थानबारे भन्न त सक्दिन तर हाम्रो प्रदर्शन अब दिन प्रतिदिन सुध्रंदै जानेछ । आउने वर्षमा पुलिसको नाम फेरी पनि अगाडी नै देख्न पाउनुहुनेछ,’ उनले थपे ।

एन्फा एकेडेमीका उत्पादन रविनको ज्यानका लिखुरे छ । मैदानमा भने उनी जब्बर छन् । आफ्नो भूमिका उनलाई राम्ररी थाहा छ । उनी टोलीका भरपर्दा खेलाडी हुन् । राष्ट्रिय टोलीका नियमित खेलाडी भएकै कारणले एन्फाले उनको उपचार कतारमा गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।

‘अरु खेलाडीका लागि पनि हामी प्रयास गर्छौ’ उनले भने,‘ त्यसमा पनि राष्ट्रिय टोलीको सदस्यलाई स्वभाविक रुपमा प्राथमिकतामा राखिनेछ ।’ चोटअघि सम्म झन्डै एक दशक रविन राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । उनले अब राष्ट्रिय टोलीमा पुनरागमनका लागि प्रयास गर्ने बताएका छन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.