6 years ago
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो ।
सुमनले ४६ औं मिनेटमा गोल गरेका थिए । विपक्षी रक्षकको गल्तिको फाइदा उठाउँदै प्राप्त पासमा सुमनले गोल गरेका थिए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका भोलाले ७९औं मिनेटमा गोल गर्दै पुलिसको अग्रतालाई दोब्बर पारे ।
टोलीका लागि पहिलो गोल गरेका सुमनको पासमा भोलाले वान टचमा गोल गर्दा सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले रोक्ने कुनै मौका पाएनन् । भोला ६१ औं मिनेटमा रवि पासवानको ठाँउमा मैदान प्रवेश गरेका थिए ।
त्यसअघि पहिलो हाफको इन्ज्युरी समयमा पुलिस १० खेलाडीमा सिमित भएको थियो । दोहोरो पहेलो कार्ड पछि रातो कार्डको सामना गर्दै अन्जन राईले मैदान छाडेपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा मैदान छाडेका अन्जनले ३३ औं मिनेटमा पहिलो पटक पहेलो कार्ड पाएका थिए ।
दशरथ रंगशालामा दुवै टोलीले गोलको थोरै अवसर पाए । तर, सदुपयोग गर्न सकेनन् । खेलको पाँचौ मिनेटमा लामो समयपछि फुटबलमा पुनरागमन गरेको पुलिसका रविन श्रेष्ठको क्रसमा रवि पासवानले बल भेटेपनि नियन्त्रणमा लिन सकेनन् । २२औं मिनेटमा रविको क्रसमा सौजन राईले गोल गर्ने सुन्दर मौका खेर फाले । अनमार्क रहेका उनले पर्याप्त समय लिएर गरेको प्रहार पोष्टबाट थोरै बाहिरियो ।
३२औं मिनेटमा रविनको प्रहार सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले उत्कृष्ट पञ्च गर्दै बचाए । ३५औं मिनेटमा सरस्वतीका कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्कदा सरस्वतीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । ३ खेलमा पुलिसको ४ अंक पुगेको छ ।
आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले यति हिमालयन शेर्पालाई २–० ले हराएको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]