6 years ago
December 28, 2019
एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको सिटी वल्भ्ससाग उसकै मैदानमा ३–२ ले स्तब्ध बनेको हो ।

वेस्ट मिडल्यान्डमा शुक्रबार राति भएको खेलमा वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले गरेको दुवै गोल सान्त्वना बन्यो ।
खेलको १२औं मिनेटमा नै सिटीका गोलरक्षक इडर्सन मोरेस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सिटी समस्यामा परेको थियो । डिएगो जोटालाई वान भर्सेस वानको अवस्थामा पेनाल्टी बक्स बाहिर आएर फल गरेपछि रेफ्रीले इडर्सनलाई सिधै रातो कार्ड देखाएका थिए ।

२१औं मिनेटमा वल्भ्सका डेन्डनकरले सिटीका रियाद महारेजलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई प्राप्त पेनाल्टीमा रहिम चुके । २४औं वल्भ्सका रुइ प्याट्रेसियोले बचाइदिए । तर, वल्भ्सका खेलाडीले लाइन क्रस गरेको भन्दै रेफ्री मार्टिन एटकिन्सनले सिटीलाई पुनः पेनाल्टीको मौका दिएको थियो ।

यसपटक पनि वल्भ्सका गोलरक्षक रुइ प्याट्रेसियोले रहिमको प्रहारलाई बचाएका थिए । तर, रिवाउन्डमा रहिमले गोल गर्न सफल हुदा सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५०औं मिनेटमा रहिमले नै केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । १० खेलाडीमा सीमित सिटीसँग घरेलु मैदानमा २–० ले पछि परेको वल्भ्सले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्दै सिटीमाथि रोमाञ्चक जित निकाल्न सफल भयो ।

५५औं मिनेटमा एडमाले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने संकेत दिए । ८२औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा माटले गोल गर्दै वल्भ्सलाई ३–२ को रोमाञ्चक पूनरागमन जित दिलाए ।
जितपछि वल्भ्स १९ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ । पराजित सिटीले भने दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको उपाधि यात्रा थप कमजोर बनेको छ । सिटीको १९ खेलबाट ३८ अंक छ । दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाटै ३९ अंक छ ।

एक खेल कम खेलेको शीर्षस्थानमा रहेको लिभरपुलको ५२ अंक छ । जुन दोस्रो स्थानको लेस्टरको भन्दा १३ तथा सिटीको भन्दा १४ अंक बढी हो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]