default_image

4 years ago

December 28, 2019

ज्लाटन पुनः एसी मिलानमा!

24 views

0 Bookmark

एजेन्सी – स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् ।

३८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले सिरि ‘ए’ क्लबसँग ६ महिनाको सम्झौता गरेका हुन् । मिलानको आधिकारिक ट्वीटर ह्यान्डलबाट ‘आइ जेट इज कमिङ’ भन्दै ट्वीट गरेका छन् ।

‘म धेरै सम्मानका साथ क्लबमा फर्किएको छु । मिलानको शहरलाई म निकै प्रेम गर्छु ।’ सम्झौतापछि इभ्राहिमोभिचले भने, ‘क्लबको अवस्थालाई बदल्न टिमसँग मिलेर म लड्नेछु । जसलाई सम्भव बनाउन म सबै चिज गर्नेछु ।’

इभ्राहिमोभिच स्वास्थ्य परिक्षणपछि जनवरी २ मा मिलानमा टिमसँग जोडिनेछन् ।’ इभ्राहिमोभिचले गत नोभेम्भरमा अमेरिकी मेजर लिग सकरको सिजनको अन्त्यसँगै एलए ग्यालेक्सी छाडेका थिए । इभ्रााहिमोभिचले २०१० देखि २०१२ सम्म एसी मिलानमा रहँदा ८५ खेलमा ५६ गोल गरेका थिए ।

इभ्राहिमोभिचले १५ जनवरीमा एसपालसँग खेल्दै मिलानबाट पुनः डेब्यु गर्नेछन् । पीएसजीका पुर्व प्रशिक्षक कार्लाे एन्सेलोटी एभर्टन लागेपछि ज्लाटनलाई पनि एभर्टन ल्याउने तयारी भइरहेको सुनिदा उनले इटाली नौ रोजेका हुन् । ज्लाटन २०१८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अमेरिकन क्लब एलए ग्यालेक्सीमा आबद्व भएका थिए । उनले त्यहाँ ५६ खेलमा ५२ गोल गर्दै आफ्नो प्रभाव छाडेका थिए ।

लगातार खराल लयबाट गुज्रिरहेको ७ पटकको युरोपियन च्याम्पियन मिलान २०११ यता उपाधिविहीन छ । मिलान जारी सिजनमा १७ खेलमा मात्र २१ अंक जोड्दै ११औं स्थानमा रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.