6 years ago
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो राउन्डको अन्तिम खेलमा आज (शनिबार) ललितपुरको रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल एपीएफ महिन्द्रा फुटबल टिमबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

युवा खेलाडीको बाहुल्यता रहेको थ्री स्टार र एपीएफबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अघिल्लो वर्ष थ्री स्टारले तेस्रो स्थान हासिल गर्दाका प्राय खेलाडीले क्लब छाडेपछि थ्री स्टारले युवा खेलाडीलाई विश्वास गर्दै लिगको टोली तयार पारेको छ । गोलरक्षक एलेन न्यौपाने, रन्जन विष्ट, विजय धिमाल, रञ्जित धिमाल, विष्णु सुनवार, पिटर सेगुन, सुनिल बल, अजायी मार्टिन्स, बुद्ध चेम्जोङ, निराजन खड्का र अनिल गुरुङले यो सिजन थ्री स्टार छाडेका छन् ।
पुरानामा खेलाडीमा कप्तान विक्रम लामा, मिक्छेन तामाङ र अनन्त तामाङसहित केहि दोस्रो रोजाईका खेलाडी रहेका छन् । यी तिनै खेलाडीको प्रेरणामा थ्री स्टारले लिगमा दुई खेल खेलिसकेको छ । जावलाखेलविरुद्ध गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो राउन्डमा विभागीय नेपाल पुलिस क्लबको चुनौती १–० ले पाखा लगाउदै औसत शुरुवात गरेका थियो ।
त्यही सुरुवातलाई निरन्तरता दिने लक्ष्यसहित थ्री स्टार एपीएफविरुद्ध मैदानमा उत्रनेछ । थ्री स्टार लिगमा दोस्रो जितको खोजीमा हुनेछ । तर, थ्री स्टारको अग्रपङ्ति निकै कमजोर रहेको छ । लिगको पहिलो खेलमा नै विदेशी मिडफिल्डर एलिउले चोट बोक्न पुगेको थियो । उनको स्थानमा आएका विजय भुजेल र दिपेश घलेले सोचे अनुरुपको खेल पस्कन सकेको छैनन् । एपीएफविरुद्ध जित निकाल्न थ्री स्टारले अग्रपङ्तिमा सुधार्नुपर्नेछ ।

यता, लिगमा औसत प्रदर्शन गरिरहेको एपीएफ पहिलो जितको खोजीमा हुने छ । एपीएफ पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मनाङसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा यति हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको थियो ।
अघिल्लो लिगमा यि दुई टोलीबीचको खेलमा थ्री स्टार २–० ले विजयी भएको थियो । दुवै गोल रन्जन विष्टले गरेका थिए । तर, रन्जन अहिले थ्री स्टारमा छैनन् । उपाधि यात्रालाई जीवितै राख्न पनि थ्री स्टारलाई निश्चित जितको खाँचो छ । थ्री स्टार २ खेलबाट ४ अंक जोडेर छैटौ स्थानमा रहेको छ । एपीएफ १ अंकसहित १२औं स्थानमा छ । एक खेल कम खेलेको थ्री स्टार शीर्षस्थानको मनाङभन्दा ५ अंकले पछि छ ।
साविक विजेता मनाङ–मर्स्याङ्दी लगातार तेस्रो जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सानमिगेल मछिन्द्र क्लब ६ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मी, जावलाखेल र एनआरटी क्रमश तेस्रो देखि पाँचौ स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]