default_image

4 years ago

December 28, 2019

सिमराको सेन्ट जोन्सलाई ग्रासरुट लिगको उपाधि

75 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – सिमराको सेन्ट जोन्स इंग्लिस स्कुलले यू १३ ग्रासरुट फुटबल लिगको उपाधि जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको फाइनलमा डुमरवानाको राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनलाई टाइब्रेकरमा पराजित गर्दै सेन्ट जोन्सले ग्रासरुट लिगको उपाधि जितेको हो ।

निर्धारित ४० मिनटको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा सेण्ट जोन्सले विभुतीलाई ३–२ ले हरायो । यस्तै शनिबारनै तेश्रो स्थानका लागि भएको खेलमा अक्षरा पाठशालाले सिमरा पब्लिक इंग्लिस स्कुललाई १–० को अन्तरले पराजित गर्दै लिगको तेश्रो स्थानमा रहन सफल भयो ।

अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यक्रम अन्तर्गत बारामा ग्रासरुटमा सहभागी १३ विद्यालयले प्रतियोगितामा भाग लिएको ग्रासरुट फुटबल कार्यक्रम बाराका संयोजक रामचन्द्र लामाले जानकारी दिए ।

गत वर्षको कात्तिक ३० बाट शुरु भएको ग्रासरुट लिगको विजेता, उपविजेता तथा तेश्रो स्थान प्राप्त गर्न सफल विद्यालयका खेलाडीहरुलाई जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, बाराका फुटबल अभियन्ता शम्भुसिंह ठकुरी, सियाराम कुमर, शंकर थापा, राजदास श्रेष्ठ लगायत विभिन्न वडा अध्यक्षहरुले शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरे ।

१५ महिना अघिबाट सिमरा रंगशालामा ग्रासरुट फुटबल कार्यक्रममा सहभागी विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि लिगको आयोजना गरिएको कार्यक्रमका संयोजक रामचन्द्र लामाले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका राष्ट्रिय विभुती, प्रोग्रेस एकेडेमी, शुभतारा, सेन्ट अल्फोन्सा, सिमरा पव्लिक, न्यु एकता, अक्षरा, सेन्ट पिटर्स, सेन्ट जोन्स, लोटस, व्राइटर, पाथिभरा र नोबेल एकाडेमी गरि १३ विद्यालयका २ सय ३४ विद्यार्थीले ग्रासरुट फुटबलमा प्रशिक्षण लिइरहेका छन् ।

विभिन्न जिल्लामा सञ्चालन गरेको कार्यक्रम मध्य बारामा नमुना कार्यक्रम सञ्चालन भएको भन्दै अघिल्लो बर्ष एन्फाले ग्रासरुट डे समेत सिमरा रंगशालामा मनाएको थियो ।

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

Success

Thank you for your time.