6 years ago
December 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ ।

खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे । १२ औं मिनेटमा पिटर सेगुनकाे हेडर पाेस्टबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्याे । ३१ औं मिनेटमा रेजिन सुब्बाकाे क्रसमा विशाल राईकाे हेडरले पाेस्टकाे गति लिन नसक्दा मछिन्द्र अग्रता लिनबाट चुक्याे ।
३४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकमा डिफेन्डर देवेन्द्र तामाङकाे प्रहार क्रसबारमा लागेर फर्कदा मछिन्द्रले अग्रता लिने सुन्दर माैका गुमायाे । त्यसमै रेजिन सुब्बा र अभिषेक रिजालकाे प्रयास एनआरटीका गाेलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको इन्ज्युरी समयमा सुजल श्रेष्ठले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अजितले बचाए ।

५३ औं मिनेटमा कप्तान प्रकाश बुढाथाेकीकाे पासमा दर्शन गुरुङले क्रस गरेकाे बललाई तपन कार्कीले गरेकाे प्रहार मछिन्द्रका गाेलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । ५७ औं मिनेटमा एडिलाजा साेमिडेकाे प्रहार पाेस्टबाट थाेरै आकासियाे । ६१ औं मिनेटमा एनआरटीले खेलमा अग्रता लिने सुन्दर माैका खेर फाल्याे । काउन्टर एट्याकमा मैदानकाे मध्यभागबाट अफसाइड बिट ट्याप गर्दै तपन कार्कीले एक्लै बल अघि बढाउदै गरेकाे प्रहार दाेस्राेबारबाट थाेरै बाहिरिन पुग्याे ।
७४ औं मिनेटमा अभिषेक रिजालकाे सशक्त प्रहार एनआरटीका गाेलरक्षक अजित प्रजापतिले पञ्च गरेर बचाए । ८४ औं मिनेटमा अभिषेक रिजालकाे क्रसमा साेमिडेकाे हेडर पाेस्टबाट थाेरै बाहिरियाे । अन्तिम मिनेटमा सोमीडेले विजय धिमालको क्रसमा हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।
यस जितसँगै अपराजित रहेको मछिन्द्रले ४ खेलमा ३ जित र १ बराबरसहित कुल ९ अंक जोडेको छ । अघिल्लो सिजन अंक तालिकाको रेलिगेसन क्षेत्रमा रहेका कारण मछिन्द्रको १ अंक घटाइएको थियो । यस्तै एनआरटीको ४ खेलमा ४ खेलमा २ जित र २ हारसँगै ४ अंक भएको छ । एनआरटी पनि अघिल्लो सिजन पुछारमा रहेका कारण २ अंक घटाइएको हो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]