default_image

5 years ago

December 30, 2019

रञ्जनको गोलमा मनाङलाई अग्रता

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रञ्जन विष्टले गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्सविरुद्ध खेलमा अग्रता लिएको छ । पहिलो हाफमा मनाङ १-० ले अगाडि छ ।

खेलको ११ अाैं मिनेटमा रञ्जन विष्टले गाेल गर्दै मनाङलाई अग्रता दिलाए । जगजित श्रेष्ठकाे कर्नरमा रन्जनको ६ यार्ड बक्सभित्रको फ्लिक हेडर गाेलमा परिणत भएको थियो । १७ अौं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीकाे प्रहार मनाङका गाेलरक्षक दिप कार्कीले मुस्किलले बचाए ।

३४ अाैं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई मतलव नै गरेनन् । लुइस भिडालले फिलिपे डि साैजालाई पेनाल्टी बक्समा फल गरेकाे थिए । पहिलाे हाफकाे इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरीकाे सुन्दर माैका खेर फाल्याे । प्रिजेन तामाङकाे प्रहार डिफेन्डरले गोललाइन नजिकबाट क्लियर गरिदिएका थिए ।

लिगमा शत प्रतिशत जितको सिलसिला कायम राख्ने धुनमा रहेको मनाङ उपाधि रक्षा गर्ने लक्ष्यमा अग्रसर छ । फ्रेन्ड्स भने लिगमा पहिलो जितको खोजीमा छ ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.