default_image

6 years ago

December 30, 2019

मनाङ रोकियो, फ्रेन्ड्सलाई पहिलो अंक

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगको चौथो चरणमा पुगेर रोकिएको छ । अघिल्ला तीन खेल जितेको मनाङ सोमबार फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पनि मनाङको खातामा १० अंक पुगेको छ । फ्रेन्ड्सले लिगमा पहिलो अंक जोडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उत्तम राईको गोलबाट फ्रेन्ड्सले खेलमा बराबरी गरेको थियो । रुमेश बर्तौलाको क्रसमा उत्तमले डाइभिङ हेडमार्फत गोल गरेका थिए ।

पहिलो हाफमा फरवार्ड रञ्जन विष्टले गोल गरेपछि मनाङलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा रञ्जनले गोल गरेका हुन् । जगजित श्रेष्ठको कर्नरमा रन्जनले सिक्स यार्ड बक्सभित्रको फ्लिक हेडर गोलमा परिणत भएको थियो ।

दुवै टोलीले केहि मौका पाएपनि सफल हुन सकेनन् । १७ औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको प्रहार मनाङका गोलरक्षक दिप कार्कीले मुस्किलले बचाए । ३४ औं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई मतलब नै गरेनन् । लुइस भिडालले फेन्ड्सका फिलिपे डि सौजालाई पेनाल्टी बक्समा फाउल गरेको थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरीको सुन्दर मौका खेर फाल्यो । प्रिजेन तामाङको प्रहार डिफेन्डरले गोललाइन नजिकबाट क्लियर गरिदिएका थिए । ४९औं मिनेटमा मनाङका फेमीको प्रहार गोलरक्षक सोजित गुरुङले सहजै बचाए । ७०औं मिनेटमा मनाङका विमल रानाको प्रहारलाई गोलरक्षक सोजित गुरुङले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्लोरेन्टको फ्रिकिकमा पुजन उपरकोटीको हेडर बाहिरियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.