5 years ago
December 30, 2019
लमजुङ (हाम्रो खेलकुद)- आयोजक त्रिवेणी युवा क्लब ‘निलो’ र सामना युथ क्लब तुरतेरे तनहुँ लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा वियजी भएको छ । सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा सोमबार त्रिवेणी निलोले काठमाडौं अनुशाषित ब्वाइज क्लब (एबीसी) लाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा पवेश गर्न सफल भएको हो । सामनाले आयोजक त्रिवेणी पहेँलोलाई २–० ले हरायो ।
अर्काे खेलमा क्ह्लोलासोथार गाँउपालिका लमजुङले नासाटार युथ क्लबमाथि तनहुँमाथि २–० कै जित निकाल्दै अघिल्लो चरणमा पुग्न सफल भयो । नवआदर्श युथ क्लब सहजीले न्यु शान्ति क्लब बेशीशहरलाई २–० ले नै पाखा लगायो । प्रतियोगितामा मंगलबार चार खेल हुनेछ ।
पहिलो खेलमा सुन्दर बजार युथ क्लब र समाज कल्याण काठमाडौं, दोस्रो खेलमा एक्टिभ गोरखा ट्रेनिङ सेन्टर र श्री भगवती युथ काठमाडौं, क्ह्लोलासोथार गाँउपालिका र दोर्दी गाउपालिका तथा लमजुङ मस्र्याङ्दी युथ क्लब र नव आदर्श युथ क्लबबीच खेल हुनेछ । चार खेल हुनेछ ।
राष्ट्रव्यापी प्रतियोगितामा देशभरका २० क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले जनही १५–१५ हजार हात पार्नेछन् ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]