6 years ago
December 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) चौथो चरणको खेल अन्तरगतको दोस्रो दिन दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजे र ३ बजे हुनेछ । अपराजित रहेको जावलाखेल र उपाधि दावेदार टोलीको रुपमा रहेको च्यासलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
उपाधि होडलाई कायमै राख्न च्यासललाई जावलाखेलविरुद्धको खेलमा जित निकाल्नुपर्नेछ । च्यासल ३ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । जावलाखेललाई पराजित गरे च्यासल ७ अंक जोडेर तेस्रो स्थानमा उक्लनेछ । तीन जापानी खेलाडीको साथ पाएको च्यासलसँग आधुनिक नेपाली फुटबलका गोल मेसिन सन्तोष साहुखलको पनि साथ छ । सन्तोष लिगमा १ सयौं गोलको संघारमा छन् । मंगलबार जावलाखेलविरुद्ध गोल गर्न सफल भए सन्तोष लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । टोलीका लागि उनी नै मुख्य हतियार हुनेछन् ।

च्यासलले पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेको च्यासल दोस्रो खेलमा मछिन्द्रसँग १–१ गोलको बराबरी खेल्दा एनआरटीसँग २–१ ले पराजित भएको थियो । यता, लयमा रहेको जावलाखेल च्यासललाई पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिने योजनामा मैदानमा उत्रनेछ । जावलाखेलले थ्रीस्टार र संकटालाई बराबरीमा रोक्न सफल हुदा सरस्वतीलाई पराजित गरेको थियो ।
तीन खेलबाट ५ अंक जोडेर जावलाखेल पाँचौं स्थानमा रहेको छ । जावलाखेलले च्यासलविरुद्ध प्रतिबन्धका कारण मिडफिल्डर ड्याडी जुनियर वाम्वालाई गुमाउने छ । तर, जावलाखेलले दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा भारतका युवा खेलाडी कुवेरलाई अनुबन्ध गरेको छ । सम्भवत उनी च्यासलविरुद्धको खेलमा उत्रनेछ ।
१ सयौं लिग खेल खेल्दै बीबीसी
‘ए’ डिभिजन लिगमा १ सयौं खेलमा ब्रिगेड ब्वाइज (बीबीसी) ले यति हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । खेल दिउसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । बीबीसी २०६१ सालमा पहिलोपटक ‘ए’ डिभिजनमा बढुवा भएो थियो । त्यसयता बीबीसीले निरन्तर ‘ए’ डिभिजन लिग खेलिरहेका छन् ।

बीबीसी आफ्नो १ सयौं खेललाई सुखद बनाउने लक्ष्यमा हुनेछ । लिगको पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित बीबीसीले दोस्रो खेलमा फ्रेण्ड्सलाई २–० ले नै राजित गरेको थियो । मनाङसँग १–० गोल अन्तरले पराजित बनेको थियो । मनाङविरुद्धको खेलमा चोट बोकेका विजय गुरुङ खेल्नेमा अनिश्चित छ । विजयको टाउकोमा ६ टाका लगाइएको छ ।
यता, हिमालयन शेर्पा क्लब पहिलो जितको खोजीमा हुनेछ । पहिलो र दोस्रो खेलमा विभागीय एपीएफ र पुलिससँग बराबर खेलेको शेर्पा तेस्रो खेलमा भने आर्मीसँग २–० गोल अन्तरले पराजित भएको थियो । लिगमा बीबीसी १०औं स्थानमा र शेर्पा ११औं स्थानमा छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]