default_image

6 years ago

December 31, 2019

च्यासलमाथि जावलाखेलको जित

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा च्यासल युवा क्लबलाई २-० ले पराजित गरेको छ ।

खेलकाे नवाैं मिनेटमा नीर बहादुर आलेकाे प्रहार पाेस्टबाट थाेरै बाहिरिदा जावलाखेलले खेलमा अग्रता लिने माैका गुमायाे । ३४ अाैं मिनेटमा सुनिल बलकाे फ्रिकिकमा छिरिङ गुरुङले अवसर पाएपनि उनकाे हेडर आफैंले डिफेन्स गरिदिदा च्यासल अग्रता लिनबाट चुक्याे । ४१ अाैं मिनेटमा च्यासलका सन्ताेष साहुखलकाे पेनाल्टी बक्सबाहिरकाे प्रहार आकासियाे ।

५१ अाैं मिनेटमा झन्डै २५ यार्डबाट गरेकाे फ्रिकिक प्रहार क्रसबारबाट थाेरै बाहिरिदा च्यासल अग्रता लिनबाट चुक्याे । ५८ अाैं मिनेटमा रुप बहादुर लामाकाे प्रहार च्यासलका गाेलरक्षक एलेन न्याैपानेले बचाएका थिए । लगत्तै सुजित बुढाथाेकीले प्रहारलाई एलेनले बचाए । ६८  अाैंमिनेटमा अरुज सिंहकाे फ्रिकिक प्रहार एलनले बचाए ।

६९ अाैं मिनेटमा रुप बहादुर लामाकाे प्रहार च्यासलका गाेलरक्षक एलेनले उत्कृष्ट डाइभ दिदै बचाए । ७१ अाैं मिनेटमा कप्तान सन्ताेष साहुखलले दाेस्राे बार च्याप्दै गरेकाे प्रहार थाेरै बाहिरिँदा च्यासल अग्रता लिनबाट चुक्याे ।

८० अाैं मिनेटमा विजय घलानकाे पासमा रुप बहादुर लामाले गाेल गर्दै जावलाखेललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षक एलनले बचाउन सकेनन् । लगत्तै ८१ अाैं मिनेटमा विजय घलानले गाेल गर्दै जावलाखेलकाे अग्रता दाेब्बर पारे । रुप बहादुर लामाकाे प्रहारलाई गाेलरक्षक एलनले बचाएपनि रिवाउन्डमा विजयले गमेल गर्न सफल भएका थिए ।

च्यासलका फरर्वाड सन्तोष साहुखलले लिगमा सय गोल पूरा गर्ने अपेक्षा गरिएपनि लगातार दोस्रो खेलमा उनले ल्याएको प्राप्त गर्न सकेनन् । उनले यसअघि एनआरटिविरुद्ध पनि गोल गरेका थिएनन् । सुरुवाती दुई खेलमा भने उनले ३ गोल गरेका थिए । जावलाखेलले लिगका ४ खेलमा २ जित र २ बराबरी सहित ८ अंक जोडेको छ । च्यासलले ४ खेलमा १ जित, १ बराबर र २ हारसहित ४ अंक मात्र जोडेको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.