6 years ago
December 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लबले ए डिभिजन लिगको आफ्नो सयौं खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । बिबिसीको जितमा विजय गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलकाे १७ औं मिनेटमा विजय गुरुङले गाेल गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले खेलमा अग्रता दिलाए । उनले पेनाल्टी एरियाबाट गरेकाे प्रहार डिफेन्डरलाई लाग्दै गाेलमा परिणत हुँदा शेर्पाका गाेलरक्षक किशाेर गिरी मुकदर्शक बने ।
२९ औं मिनेटमा शिशिर लेखीकाे कर्नरमा ताजुदिन बुसारीकाे हेडर बाहिरिदा बीबीसीले अग्रता दाेब्बर पार्ने माैका खेर फाल्याे । ३५ औं मिनेटमा विजय गुरुङले एकल प्रयासमा पेनाल्टी बक्सभित्रकाे सशक्त प्रहार गाेलरक्षक किशाेर उत्कृष्ट बचाउ गरे
६४औं मिनेटमा त्रिदेव गुरुङको सशक्त प्रहार बीबीसीका गाेलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दा शेर्पा बराबरीबाट चुक्यो । ७९ औं मिनेटमा त्रिदेव गुरुङको ब्याक फ्लिक पासमा सन्जय धिमालले बललाई राम्ररी नियन्त्रणमा लिन सकेन । लगत्तै बिशालले अर्को उत्कृष्ट बचाउ गर्दा शेर्पा बराबरीबाट चुकेको थियो ।

८६औं मिनेटमा सन्जय धिमालको बक्सभित्रको सशक्त प्रहार बीबीसीका गाेलरक्षक बपशाल सुनारले पञ्च गर्दै बराबरी टारेको थियो । ९०औं मिनेटमा विजय गुरुङले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई शेर्पाका गाेलरक्षक किशाेर गिरीले पञ्च गर्दै बचाए । इन्ज्युरी समयमा शेर्पा १० खेलाडीमा समेटियो । शेर्पाका निरज बस्नेत दाेहाेराे पहेँलाे कार्ड खादै मैदानबाट बाहिरिए ।
यस सँगै बिबिसीले लिगमा दोस्रो जित दर्ता गरेको छ । बिबिसीको ४ खेलमा २ जित र २ हारसहित ६ अंक रहेको छ । शेर्पाको भने ४ खेलमा २ बराबर र २ हारसहित २ अंक मात्र रहेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]