default_image

4 years ago

December 31, 2019

दोर्दी र श्री भगवती क्वाटरफाइनलमा

21 views

0 Bookmark

लमजुङ(हाम्रो खेलकुद)- दोर्दी गाउँपलिाका लमजुङ र श्री भगवती युथ क्लब टोखा काठमाडौं लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइानलमा प्रवेश गरेको छ ।

सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा मंगलबार भएको खेलमा दोर्दीले क्ह्लोलासोथा गाउँपालिका लमजुङमाथि ५–१ को फराकिलो जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

यस्तै काठमाडौंको श्री भगवतीले एक्टिभ गोरखा ट्रेनिङ सेन्टरलाई २–० ले पराजि तगर्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । अर्काे प्रि–क्वाटरफाइनलमा लमजुङ मस्र्याङ्दी युथ क्लबले नव आदर्श युथ क्लब सहजीमाथि ६–० को फराहिलो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । मंगलबारै भएको अर्काे खेलमा समाज कल्याण काठमाडौंले सुन्दरबजार युथ क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्न सपल भयो ।

प्रतियोगितामा बुधबारदेखि क्वाटरफाइनलमा खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनलमा लिगको चरणको अन्तिम खेलमा समाज कल्याण काठमाडौं र बन्सार एकता युथ क्लबबीच खेल हुनेछ दोस्रो क्वाटरफाइनलमा बुद्ध युथ क्लब (बिवाइसी) भोटेवडार र श्री भगवती युथ क्लब टोखा काठमाडौंबीच खेल हुनेछ ।

राष्ट्रव्यापी प्रतियोगितामा देशभरका २० क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले जनही १५–१५ हजार हात पार्नेछन् ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.