default_image

6 years ago

January 1, 2020

गल्ति नदोहोराउने वाचासहित पुनरागमनको तयारीमा सन्तोष

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– परिवार, साथीभाई र परिवारसँग भविष्यमा कहिल्यै निराश नपार्ने वचनसहित त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ बुधबार कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमार्फत घरेलु फुटबलमा पुनरागमन गर्दैछन् ।

अनुशासन उल्लघंनका कारण अन्य ३ खेलाडीसहित ४५ दिन फुटबलबाट निलम्बनमा परेका सन्तोष आजबाट खेल्न पाउने भएका छन् । उनी रुस्लान थ्री स्टार क्लबविरुद्ध हुने खेलमा पहिलो रोजाईबाट खेल्ने आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जानकारी दिए ।

उनीसँगै राष्ट्रिय टोलीका अन्य सदस्य विमल घर्ती मगर, अन्जन विष्ट र दीनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन गर्नुका साथ जनही ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । सन्तोष र अन्जनलाई ४५ दिन तथा विमल र दीनेशलाई भने ९० दिन प्रतिबन्ध लगाइएको थियो । सन्तोष र अन्जनको निलम्बन मंगलबार फुकुवा भएको हो ।

कुवेतविरुद्ध विश्व कप छनोट खेल्नेका लागि भुटान जानु अघिल्लो दिन राती अबेर सम्म डिस्कोमा बसेपछि एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते टोलीका साथ भुटान जानका लागि विदाई कार्यक्रममा भाग लिन एन्फा कम्प्लेक्स पुगेका उनीहरु कारवाहीमा परेपछि घर फर्केका थिए ।

त्यसपछि उनीमाथि एन्फाले मंसिर २७ गते ९० र ४५ दिनको कारवाही गरेको थियो । पछि चारै जनाले कारवाही घटाउनका लागि अपिल गरेपछि एन्फाले कात्तिक ३० गतेबाट नै कारवाही लागुको निर्णय सुनाएका थियो । पुरानै मितिबाट कारवाहीको निर्णय भएपनि सन्तोष र अन्जनले चाँडै लिग खेल्न पाउने भएका हुन् । विमल र दीनेशले भने अझै डेढ महिना कुर्नुपर्नेछ ।

‘कमब्याक गर्न पाउँदा निकै खुसी छु । त्यसमाथि अंगे्रजी नयाँ वर्षकै दिन फुटबलमा फर्कदैछु । त्यो घटनाले मेरो जीवनमा निकै असर गरेको छ । परिवार , साथीभाई, समर्थक सबैले नराम्रो सोच्नुभयो,’ उनले भने,‘ मैले सबैको चित्त दुःखाए । त्यसमा अहिले सम्झदा पनि नराम्रो लाग्छ ।’

उनले त्यो घटनालाई एउटा पाठका रुपमा लिएर भविष्यमा गल्ति नदोहाराउने वचन दिएका छन् । ‘कुनै पनि घटनाले केहि न केहि पाठ सिकाउँछ । मैले पनि ठूलो पाठ सिकेको छु,’ उनले थपे,‘ म सबैसँग माफि माग्न चाहन्छु । आउने दिनमा फेरि यस्तो गल्ति दोहाराउने छैन । तपाईहरुले हिजो जसरीनै साथ दिनुहुनेछ भन्ने आशा छ । आउने दिनमा आफ्नो खेलका बाध्यमबाट तपाईहरुलाई खुसी पार्ने कोशिस गर्नेछु ।’

फेन्ड्स क्लबबाट घरेलु फुटबल सुरु गरेका सन्तोष छ वर्षदेखि आर्मीको मुख्य सदस्यका रुपमा रहेका छन् । उनीलाई योहान कालिनले राष्ट्रिय टोलीबाट मौका दिएका थिए । उनको पुनरामगनले आर्मीको मिडफिल्ड बलियो हुने प्रशिक्षक नवीन न्यौपानेको विश्वास छ ।

‘हाम्रो टिममा सबै खेलाडीको ब्याकअप त छ । तर, सन्तोष हुनु र नहुनुले फरक त पर्छ नै ,’ न्यौपानेले भने,‘ मिडमा बल सप्लाईमा हाम्रो समस्या देखिएको छ । सन्तोषको पुनरागमनले सम्भवत त्यो ठाँउ पूर्ति हुनेछ ।’ उनले थ्री स्टारविरुद्ध लगायतका बलिया क्लबसँग राम्रो नतिजा निकाल्न नसके उपाधि अभियान कठिन हुने बताएका छन् ।

‘ मनाङ मस्र्याङ्दी क्लबसँग आफ्नै गल्तिले हार्यौं । त्यसले हामीले सचेत भएर खेल्नुपर्छ,’ उनले भने,‘ उपाधिका लागि जुन टोलीहरुसँग बढी प्रतिस्पर्धाको सम्भावना छ । ती टोलीसँग राम्रो नतिजा निकाल्नै पर्छ । नत्र हामी उपाधि दौडमा रहन कठिन हुन्छ । आजको खेलमा हामी राम्रो नतिजा लिने योजनासहित उत्रनेछौं ।’

थ्री स्टारका पुरानै अवस्थामा नरहेपनि कमजोर आक्ने गल्ति भने नगर्ने न्यौपानेले सुनाए । ३ मध्ये आर्मीले २ खेल जितेको छ भने थ्री स्टारले ३ खेलमा २ जित र १ मा बराबरी गरेको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.