6 years ago
January 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कतार एवेरवेज सहिद स्मारक ए डिभिजन लिगमा जारी खेलको पहिलो हाफमा नेपाल पुलिस क्लबले संकटा क्लबविरुद्ध २–१ को अग्रता लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दाको अवस्थामा सुमन लामाको ट्यापिङ प्रहार गोलमा परिणत भएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन ।
१८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई अमितले गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । पुसिका अजित भण्डारीले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा सुमनको अर्को गोलबाट पुलिसले २–१ को अग्रता बनाएको थियो । प्रवेश कुवँरले क्रसमा सुमनले वान भर्सेस वानमा गाेलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै गाेल थर्न सफल भए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]