6 years ago
January 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ । आर्मी भने लिगमा तेस्रो जितसँगै ९ अंक जोड्न सफल रह्यो । थ्री स्टारको ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंक नै रहेको छ ।
खेलकाे पहिलाे मिनेटमा नै नवयुगकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले क्लियर गरिदिए । १७ औं मिनेटमा सन्ताेषकाे प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लपनबाट चुक्याे । १८औं जर्जप्रिन्स कार्कीकाे प्रहार अाकासियाे ।

१९औं मिनेटमा नवयुगले गाेलरक्षकलाई बिट गर्दै गरेकाे प्रहार गाेल लाईनबाट करण राउतले बचाए । त्यसपछि २० औं मिनेटमा भरतकाे प्रहार थ्री स्टारका गाेलरक्षक प्रिसाेले पञ्च गर्दै बचाए । २१ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार जर्जप्रिन्सले क्लियर गरिदिए । २४ औं मिनेटमा सुशील राईकाे कर्नरमा कप्तान अनन्त तामाङकाे हेडर बाहिरियाे ।
४१औं मिनेटमा आर्मीका भरत गाेल गर्नबाट चुके । जर्जप्रिन्सकाे पासमा गाेलरक्षक बिट भईसकेकाे अवस्थामा भरतकाे प्रहार पाेस्टबाट थाेरै बाहिरियाे ।

५१ औं मिनेटमा अनन्तकाे प्रहारलाई आफ्नाे नियन्त्रणमा लिदै नवयुगकाे प्रहार थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै बचाए । ५४ औं मिनेटमा नवयुगले गाेल गर्दै आर्मीलाई अग्रता दिलाए । भरतले दायाँ विंग्सबाट गरेको क्रसलाई नवयुगले पेनाल्टी क्षेत्र भित्रबाट गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भएको थियो ।
६१ औं मिनेटमा मिक्छेन तामाङकाे पेनाल्टी बक्स बाहिरकाे फ्रिकिक प्रहार बाहिँरिदा थ्री स्टार बराबरीबाट चुक्याे । उनकाे फ्रिकिकलाई विकास खवासले हेडरमार्फत क्लियर गरेका थिए । ७९ औं मिनेटमा सन्ताेषले फ्रिकिकमा गाेल गर्दै आर्मीकाे अग्रता दाेब्बर पारे । सन्ताेषले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक दाेस्राे बारकाे टप कर्नरमा सिधै गाेल भएकाे थियाे । सन्ताेषले लिगका सुरुवाती ३ खेल प्रतिबन्धका कारण गुमाएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा विकास तामाङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि थ्री स्टारले पेनाल्टीको अवसर पायो । रुपेश केसीको पेनाल्टी प्रहारलाई गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । रुपेशले आफ्नो बायाँतिर गरेको प्रहारलाई विकेशले डाइभ दिँदै बचाए । त्यसको रिबाउन्डमा सुशील राईको प्रहारमा पनि विकेश बाधक बने ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]