default_image

4 years ago

January 2, 2020

आर्सनलसँग युनाइटेडको हार

एजेन्सी – लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा पाँच खेलपछि जित निकाल्ने क्रममा बुधबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा युनाइटेडमाथि २–० को जित निकालेको हो । १० डिसेम्वरमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को जित निकाले यता आर्सनलले प्रिमियर लिगमा जित निकाल्न सकेको थिएन । यसक्रममा आसर्नल म्यानचेस्टर सिटी र चेल्सीसँग पराजित […]

44 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले प्रिमियर लिगमा पाँच खेलपछि जित निकाल्ने क्रममा बुधबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा युनाइटेडमाथि २–० को जित निकालेको हो ।

१० डिसेम्वरमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को जित निकाले यता आर्सनलले प्रिमियर लिगमा जित निकाल्न सकेको थिएन । यसक्रममा आसर्नल म्यानचेस्टर सिटी र चेल्सीसँग पराजित हुदा एभर्टन र बर्नमाउथसँग बराबरीमा रोकिएको थियो ।

आर्सनलको जितमा निकोलस पेपे र सोक्राटिसले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।  ४२औं मिनेटमा सोक्राटिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० ले अघि बढाए ।

पेपेको कर्नरमा लाकाजेटीले फ्लिक गरेको बललाई सोक्राटिसले जाली चुमाएका थिए । पहिलो हाफमा २–० ले पछि परेपछि युनाइटेडले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितपछि आर्सनल २१ खेलबाट २७ अंक जोडेर १०औं स्थानमा उक्लदा युनाइटेड समान खेलबाटै ३१ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।  लिभरपुल १९ खेलबाट ५५ अंक जोडेर शीर्षस्थानमा रहँदा ४५ अंक जोड्दै लेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । सिटी ४४ अंकसहित तेस्रो तथा ३६ अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.