6 years ago
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ ले हरायो । यस जितसँगै एपीएफ ४ खेलमा १ जित, १ बराबर र २ हारसँगै ४ अंक जोड्दै ११ अौं स्थानमा उक्लेको छ । अंकविहिन सरस्वती भने पुछारमा रहेको छ ।
खेलकाे आठाैं मिनेटमा दिपेश श्रेष्ठकाे बक्सभित्रकाे सशक्त प्रहार गाेलरक्षक अमृत कुमार चाैधरीले पञ्च गर्दै बचाए । १२अाैं मिनेटमा कृष्णगाेपाल श्रेष्ठकाे प्रहार पहिलाे बारबाट थाेरै बाहिरिँदा सरस्वतीले खेलमा अग्रता लिने माैका गुमायाे ।
१४अाैं मिनेटमा एपीएफका प्रविन स्याङ्तानकाे प्रयासलाई गाेलरक्षक प्रदिप भण्डारीले बचाए । १५अाैं मिनेटमा प्रविनकै प्रहार दाेस्राे बारबाट बाहिरिँदा एपीएफले खेलमा अग्रता लिने माैका गुमायाे ।

५५अाैं मिनेटमा दिपेश श्रेष्ठकाे प्रहारलाई एपीएफका गाेलरक्षक अमृत चाैधरीले मुस्किलले बचाए । ६०अाैं मिनेटमा अाशिष लामाकाे क्रस पासमा नवीन लामाकाे प्रहार आकासियाे । ६३अाैं मिनेटमा आशिष लामाले गाेल गर्दै एपीएफले खेलमा अग्रता लिन सफल भयाे । प्रविन स्याङ्तानले वान भर्सेस वानकै अवस्थामा गरेकाे प्रहारलाई गाेलरक्षक प्रदिप भण्डारीले बचाएपनि रिवाउन्डमा आशिषले गाेल गर्न सफल भएका थिए ।
८६अाैं मिनेटमा मनिष घलेकाे पेनाल्टी बकस बाहिरकाे सशक्त प्रहार पाेलमा लागेर फर्कदा सरस्वतीले बराबरीकाे सुन्दर माैका गुमायाे । इन्ज्युरी समयको दोस्रो मिनेटमा आशीषले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । लगत्तै विनोद केसीले गोल फर्काएपनि एपीएफले जित हासिल गर्यो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]