default_image

4 years ago

January 4, 2020

पोखरामा एन्फा रेफ्रिङ कोर्ष सुरु

काठमाडौं (हाम्रो खेलकुद)– कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय एन्फा रेफ्रिङ कोर्ष सुरु भएको छ । एक साता सम्म चल्ने कोर्षमा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, नवलपुर, तनहु, गोरखा, मनाङ र लमजुङका गरि ४१ जना प्रशिक्षार्थी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान र […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय एन्फा रेफ्रिङ कोर्ष सुरु भएको छ । एक साता सम्म चल्ने कोर्षमा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, नवलपुर, तनहु, गोरखा, मनाङ र लमजुङका गरि ४१ जना प्रशिक्षार्थी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।


प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान र फिटनेस सम्बन्धि प्रशिक्षण दिइने बताइएको छ । दुवै परिक्षामा उत्तिर्ण हुनेलाई एन्फा रेफ्री ब्याच प्रदान गरिने जनाएको छ ।

कोर्षको टेक्निकल सम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री सुरेन्द्र सिख्राकार र फिफा रेफ्री सुदिश कुमार पाण्डेले दिनेछन् । फिटनेस सम्बन्धि प्रशिक्षण पूर्व फिफा सहायक रेफ्री किरण गिरीले दिने छन् ।

गण्डकी प्रदेश खेलकुद पत्रकार मन्चका अध्यक्ष एकराज गिरीले कोर्षको उद्घाटन गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष धरम वहादुर लामिछाने, कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ, मन्च अध्यक्ष गिरीले फुटबल खेलमा रेफ्रीको भुमिका बारे चर्चा गरेका थिए ।

त्यस्तै रेफ्री ईन्ष्ट्रक्टर एवम् पूर्व फिफा रेफ्री सिख्रकारले कोर्षका बारेमा जानकार गराएका थिए । कार्यक्रममा एन्फा उपाध्यक्ष कृष्ण थापा, एन्फा अडिट एण्ड कम्पलाईन्स कमिटीका सदस्य सुक वहादुर गुरुङलगायतको उपस्थिति थियो ।

प्रशिक्षार्थीहरु –
निश्चल थापा (स्याङ्जा) ,विरेन्द्र राना (स्याङ्जा) ,प्रविण थापा (स्याङ्जा) , अमन दुरा (लमजुङ) , पूर्ण गुरुङ (लमजुङ) , सिद्ध गुरुङ (लमजुङ) , विजय कुमार राना (तनँहु) , प्रदिप श्रेष्ठ (तनँहु) , रविन थापा (तनँहु) , सुजन कुमार मल्ल (गोरखा) , ईवस ढकाल (गोरखा) ,  उपमा रायमाझी (गोरखा) , विश्व भण्डारी (गोरखा) , निश्चल गुरुङ (मनाङ), सुमन गुरुङ (मनाङ), अभिनाष गुरुङ (मनाङ) , देवेन्द्र जङ गुरुङ (मनाङ) , विरेस गुरुङ (मनाङ) , प्रविण श्रेष्ठ (कास्की) , दिपक ढकाल (कास्की) , लक्ष्मण जिसी (कास्की) , भिम राना (कास्की) , रोशन केसी (कास्की) , राम कार्की (कास्की) , रेशम गुरुङ (कास्की) , सुवास तामाङ (कास्की) , विश्व जित गुरुङ (कास्की) , कविरमान गुरुङ (कास्की) , धनमाया गुरुङ (कास्की) , पार्वती रानामगर (कास्की) , वासुदेव सुवेदी (कास्की) , संगीता गुरुङ, सुकराज घले (कास्की) , सुलभ पाण्डे (नवलपुर) , शम्भु थनेत (नवलपुर) , कृष्ण शाह रौनियार (नवलपुर) , जित वहादुर तामाङ (नवलपुर) , जयवहादुर पुन (बागलुङ) , शिव वोसेल (बाग्लुङ) ,आशिष बोहरा (बाग्लुङ) र विरेन्द्र रुचाल (बागलुङ)।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.