6 years ago
January 5, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । रियलले गेटाफेमाथि उसकै मैदानमा ३–० को हार चखाएको हो ।

कोलुसियम अलफोन्सो पेरेज स्टेडियम गेटाफेमा शनिबार सात भएको खेलमा रियलको जितमा राफयल भरान र लुका मोड्रिचले गोल गरे । रियलले एक गोल उपहार पायो ।
प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा रियलले आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । भरानेको हेडरलाई गेटाफेका डिफेन्डरले शुरुमा क्लियर गरेपनि गोलरक्षक डेभिड सोरियाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले फेकलको क्रसमा क्यावरेराको लो हेडर प्रयासलाई विफल पार्दै सम्भावित बराबरी टारेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । दोस्रो हाफको शुरुमै गेटाफेले दुई सुन्दर मौका पाएपनि फरवार्ड एन्जल रोड्रिग्वेज अफसाइड ठहरिए । ५१औं मिनेटमा गेटाफेले पेनाल्टीको अपिल गरेपनि त्यसलाई रेफ्रीले कुनै वास्ता नै गरेनन् ।
५३औं मिनेटमा रियलले अग्रता दोब्बर बनायो । टोनी क्रुसको फ्रिकिकमा राफयल भरानले सिक्स यार्ड बम्सभित्रबाट पावरफुल हेडमार्फत गोल गर्न सफल भए । ६२औं मिनेटमा जेमी माटाको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए ।
६५औं मिनेटमा भरानको अर्काे प्रहार गोलरक्षकले बचाए । ७३औं मिनेटमा ड्यानियल कार्भाहलको प्रहारलाई गोलरक्षक सोरियाले सहजै बचाए । ७५औं मिनेटमा घरेलु टोलीले गोल अन्तर घटाउने सुन्दर मौका खेर फाल्यो । मोउरो एरामबारीको प्रहारलाई रियालका गोलरक्षक कोर्टुवाले मुस्किलले बचाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रियलका बेलको प्रयासलाई गोलरक्षक र डिफेन्डरले क्लियर र ब्लक गरिदिए । लुका जोभिकको पासमा बेलको प्रहार गोलरक्षक सोरियाले बचाएपनि रिवाउन्डमा पावरफुल प्रहारलाई ब्लक गरिदिए ।
इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा लुका मोड्रिचे फेडरिको भालभेर्डेको पासमा गोल गर्दै रियललाई ३–० को जित दिलाए ।
जितसँगै रियलले १९ खेलबाट ४० अंक जोडेको छ । पराजित गेटाफे ३० अंकसहित सातौं स्थानमा छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]