default_image

4 years ago

January 6, 2020

रियलले ब्राजिलका रेनीअर अनुबन्ध गर्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा खेलाडी रेनीअर जेससलाई अनुबन्ध गर्ने भएको छ । रेनीअर जनवरी १९ को दिन १८ वर्ष पूरा भएपछि औपचारिक अनुबन्धन हुनेछ । रियलले रेनीअर १८ वर्ष पुगेपछि मात्र औपचारिक रुपमा अनुबन्धन गर्न प्रस्ताव अगाडि सारेको हो । दुवै क्लब र खेलाडीबीच अनुबन्धनलाई लिएर मौखित सम्झौता भैसकेको […]

36 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा खेलाडी रेनीअर जेससलाई अनुबन्ध गर्ने भएको छ । रेनीअर जनवरी १९ को दिन १८ वर्ष पूरा भएपछि औपचारिक अनुबन्धन हुनेछ ।

रियलले रेनीअर १८ वर्ष पुगेपछि मात्र औपचारिक रुपमा अनुबन्धन गर्न प्रस्ताव अगाडि सारेको हो । दुवै क्लब र खेलाडीबीच अनुबन्धनलाई लिएर मौखित सम्झौता भैसकेको छ । फिफाले १८ वर्ष मुनिका खेलाडी अनुबन्धनमा कडाइ गरेपछि रियलले केहि दिन प्रतीक्षा गर्ने भएको हो ।

रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए । तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो ।

रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ । उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन् । यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए । कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.