6 years ago
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उमेर समूहको राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गरिसकेका फरवार्ड शिव सुवेदीले राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टारबाट खेल्ने भएका छन् ।

नेपालले सन् २०१६ मा साफ यू-१९ च्याम्पियनसिप जित्दा टोलीका सदस्य रहेका शिव एन्फा एकेडेमीका उत्पादन हुन् । विमल घर्तिमगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडीको ब्याचका शिव पछिल्लो समय भारतमा थिए । उनी यू-१९ उमेर समूहको फुटबल खेलेपछि भारतीय आर्मीमा भर्ति भएका थिए । उनले २०७२ सालको राष्ट्रिय लिग भने सुदूरपश्चिम फुटबल क्लबबाट खेलेका थिए । त्यसबेला १० खेलमा सुरुवात गर्दै उनले २ गोल समेत गरेका थिए ।
शिव भारतीय आर्मीमा भर्ति भएको झन्डै ३ वर्ष भएको छ । उनले त्यहाँ रहेर पनि फुटबल नै खेल्ने गर्दछन् । शिवसँगै उनको ब्याचका फरवार्ड जनोममान लिगल, डिफेन्डर सुदन थापा तथा अर्का ब्याचका डिफेन्डर लक्ष्मण परियार सबै सँगै खेल्ने गर्दछन् । भारतीय आर्मीमा भएपनि यी सबै दैनिक फुटबल प्रशिक्षणमा नै रहने गर्दछन् ।
शिवले लामो समयपछि नेपाली फुटबलमा फर्कन पाउँदा खुसी लागेको बताए । ‘ नेपाली फुटबलमा फर्कन पाउँदा खुसी छु । राष्ट्रिय लिग खेलेपछि यहाँको लिग खेलेको थिइन । अहिले छुट्टीमा आएको बेलामा लिग खेल्ने अवसर पाएँ । यसको सक्दो सदुपयोग गर्ने प्रयास रहनेछ,’ उनले भने ।

शिवले विगतको तुलनामा आफ्नो खेल केहि बदलिएको महसुस गरेका छन् । ‘ पहिलाभन्दा केहि फरक खेल भएको जस्तो लाग्छ । शारीरिक रुपमा विकास भएसँगै खेल सुध्रिएको महसुस गरेको छु । नेपालको खेल्ने वातावरण भारतभन्दा फरक छ । मैदान र बल नै फरक छ । प्रशिक्षणमा निरन्तर मिहिनेत गरेपछि अवसर पाइएला,’ उनले थपे ।
पछिल्लो सिजनको तुलनामा थ्री स्टार कागजी रुपमा केहि कमजोर देखिएको छ । मैदानमा पनि सोहि अनुसार नतिजा ल्याउन नसकेको थ्री स्टारको टोलीमा आक्रमणमा निकै समस्या देखिएको थियो । आर्मीविरुद्ध हारमा पनि दुई उत्कृष्ट गोल नै फरक बनेको थियो । उक्त खेलमा कप्तान विक्रम लामा मैदानमा थिएनन् । डिफेन्समा भने थ्री स्टार अनन्त तामाङ र विक्रमसँगै विदेशी गोलरक्षक प्रिसोको कारण मजबुत छ ।
प्रशिक्षक मेघराज केसीले शिवको आगमनले आक्रमणमा केहि सहयोग हुने आशा लिएका छन् । ‘ शिवले हामीसँग २ दिन प्रशिक्षण गरेका छन् । उनलाई धेरै राम्रोसँग अध्ययन गर्न पाएको त छैन । शारीरिक रुपमा भने निकै राम्रा देखिएका छन् । सायद भोलिको खेलमा उनलाई राम्रोसँग नियाल्न पाइएला । सुरुवाती रोजाइमा नै खेल्ने सम्भावना पनि छ,’ केसीले भने ।

शिव उमेर समूहको टोलीमा सामान्यतया विंगरको भूमिकामा देखिने गर्दथे । बेलाबखत फरवार्डको समेत भूमिका निर्वाह गरेका उनले थ्री स्टारमा आफ्नो स्थान बनाउने राम्रो अवसर छ । युवा फरवार्ड विजय भुजेल, सुसन श्रेष्ठ र विदेशी खेलाडी हज्मतले अपेक्षित प्रदर्शन गर्न नसकेको अवस्थामा शिवको आगमनले टोलीलाई पक्कै सघाउ पुग्नेछ ।
थ्री स्टारले बुधबार लिगको खेलमा ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ । थ्री स्टारले ४ खेलमा २ जित, १ बराबरी र १ हारसहित ७ अंक जोड्दा ब्रिगेड ब्वाइजले २ जित र २ हारको नतिजा निकाल्दै ६ अंक बनाएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]