6 years ago
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)- कतार एयरवेज स्मारक ए डिभिजन लिगमा पाँचौ चरणको अन्तिम खेलको पहिलो हाफमा त्रिभुवन आर्मीले १–० ले अग्रता लिएको छ। काठमाडौको दशरथ रगंशालामा बिहिबार जारी खेलमा आर्मीले सरस्वतीविरुद्ध अग्रता बनाएको हो।
खेलको ३० औं मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन्। सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल गरेका थिए। लगत्तै दिनेश हेन्जनको प्रहारलाई गोलरक्षकले बचाए। ४३औं मिनेटमा नवयुग श्रेष्ठको हेडरले पोष्टको गति लिन नसकेपछि आमी अग्रता दोबर पार्नबाट चुक्यो।
खेलको चौथो मिनेटमा दिनेश हेन्जनको प्रहार आकासियो। १४औं मिनेटमा जर्ज प्रिन्स कार्कीको फ्रिकिक प्रहारलाई गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५औं मिनेटमा नवयुग श्रेष्ठले बक्सभित्रबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो।
आजको खेलमा जित निकाले आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लनेछ। सरस्वतीले भने खाता खोल्न सकेको छैन।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]