default_image

5 years ago

January 12, 2020

रुस्लान थ्री स्टार फ्रेन्ड्ससँग स्तब्ध

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणमा अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ ।

 

दशरथ रंगशालामा आइतबार थ्री स्टारलाई १–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो । यो हारले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारले गुमाएको छ ।

६ खेलमा टोलीको खातामा १० अंक छ । यसअघि टोली त्रिभुवन आर्मी क्लबसँग २–० ले निराश भएको थियो । ब्राजिलियन वेङ्गर डि काम्रोले १३ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो ।

शीर्षस्थानको मछिन्द्रको ६ खेलबाट १३ अंक छ । १२ अंक जोडेको आर्मी र मनाङ दोस्रो र तेस्रो स्थानमा रहेको छ । ६ खेलमा फ्रेन्ड्सको ५ अंक पुगेको छ ।

आजै अर्को खेल सरस्वती र बीबीसीबीच खेल हुनेछ । सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । लिगको छैटौ चरणको खेल जारी रहँदा सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । रेलिगेसन क्षेत्र छोड्न सरस्वतीलाई निश्चित जित आवश्यक छ । बिबिसी राष्ट्रिय टोलीका पूर्व कप्तान कप्तान अनिल गुरुङको कप्तानीमा उत्रनेछ । बिबिसीको ६ अंक छ ।

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.