default_image

6 years ago

January 12, 2020

लिगमा सरस्वतीलाई पहिलो अंक

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लबले छैटौं खेलमा पुगेर पहिलो अंक जोडेको हो ।


यसअघि ५ खेलमै सरस्वतीले हार बेहोरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानको नेतृत्वमा रहेको बिबिसीको खातामा भने ७ अंक पुगेको छ । यसअघिका ५ खेलमा बिबिसीले २ खेल जितेको थियो ।

त्यसअघि आजै उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ । थ्री स्टारलाई १–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार हो । यो हारले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारले गुमाएको छ । ६ खेलमा टोलीको खातामा १० अंक छ ।

यसअघि टोली त्रिभुवन आर्मी क्लबसँग २–० ले निराश भएको थियो । फ्रेन्ड्सका ब्राजिलियन वेङ्गर डि काम्रोले १३ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । शीर्षस्थानको मछिन्द्रको ६ खेलबाट १३ अंक छ । १२ अंक जोडेको आर्मी र मनाङ दोस्रो र तेस्रो स्थानमा रहेको छ । ६ खेलमा फ्रेन्ड्सको ५ अंक पुगेको छ ।

लिगमा सोमबार २ खेल हुनेछन् । दिउँसो १२ बजे एनआरटी र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे च्यालस युथ क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.