5 years ago
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जन ज्योति पब्लिक स्कुलले क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनलमा दुर्गा माविलाई २–१ ले हराउँदै जन ज्योतिले उपाधि जितेको हो ।
अलिषा थापाले ५१ औं मिनेटमा गरेको निर्णायक गोलमा जन ज्योति विजयी भएको थियो । खेलमा अग्रता भने दुर्गा माविले लिएको थियो । सुनिला ब्लोनले २६ औं मिनेटमा दुर्गा माविका लागि गोल गरेकी थिइन् । तर, ३५ औं मिनेटमा गोल गर्दै जन ज्योतिलाई खेलमा फर्काएकी थिइन् ।
महादेव माविले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । ज्वालामुखी माविलाई १–० ले हराउँदै महादेव माविले तेस्रो स्थान प्राप्त गरेको थियोउ । प्रतिक्षा चौधरीले ४८ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । विजेता जन ज्योतिले ३ लाख, दोस्रो दुर्गा मालिे १ लाख ५० हजार तथा चौथो भएको ज्वालामुखीले ५० हजार रुपैयाँ प्राप्त गरे ।
जन ज्योतिकी विशिना सुनार उत्कृष्ट गोलकिपर, दिक्षा खान उत्कृष्ट फरवार्ड र अमृत केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । त्यस्तै महादेव माविकी प्रक्षिष चौधरी उत्कृष्ट रक्षक र दुर्गा माविकी सुनिता सुनार उत्कृष्ट मिडफिल्ड चुनिए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]