default_image

6 years ago

January 13, 2020

एट्लेटिकोलाई हराउदै रियाललाई स्पेनिस सुपरकप

216 views

0 Bookmark

एजेन्सी – निकै नै तनावपुर्ण बनेको खेलमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा समेटिएको रियालले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो ।

साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको खेलमा निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित र थप गरिएको समयमा कुनै पनि गाल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा रियालले बाजी मारेको हो ।

पेनाल्टीमा रियालका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे । एट्लेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए । साउल निग्वेज थोमसले गोल गर्न सकेनन् ।

पेनाल्टीमा रियालका कार्भाहलले गोल गर्दा एट्लेटिकोका साउलको प्रहार बाहिरिएको थियो । रोड्रिगोले सहजै गोल गर्दा थोमसको प्रहार रियालका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । लुका मोड्रिचले गोल गरेपछि रियाल जिततर्फ अग्रसर बनेको थियो । त्यसपछि किरियन ट्रिपिएरले गोल गरे । त्यसपछि रियालका कप्तान सर्जियो रामोसले गाल गर्दै रियाललाई ४–१ को जित दिलाउदै स्पेनिस सुपरकपको उपाधि दिलाए ।

त्यसअघि रियालले खेलको सुरुवातदेखि नै बल पोजेसन राख्दै एट्लेटिकोलाई दवावमा राख्न सफल भएको थियो । पहिलो हाफमा दवै टोलीले उल्लेख्य पोस्ट आक्रणमण बुन्न सकेको थिएन । दोस्रो हाफमा पनि दुवै टोलीले गतिलो मुभ बनाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको २५औं मिनेटमा रियाल १० खेलाडीमा समेटियो । अल्भेरो मोराटालाई फउल गरेपछि रेफ्रीले रियालका फेडरिको भालभेर्डे दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि खेल केहीवेर तनावुपर्ण बनेको थियो । रेफ्रीले त्यसपछि रियालका ड्यानियल कार्भाहललाई र एट्लेटिकोका एन्जल कोरेरा र स्टेफान साभिकलाई पहेँलो कार्ड देखाइएको थियो । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.